बैंक तथा वित्तीय संस्थाको ६६% कर्जा घरजग्गा धितोमा, कृषि कर्जा ६% बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको पहिलो त्रैमासको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.३ प्रतिशतले बढेको थियो ।

 

वार्षिक बिन्दुगत आधारमा २०७७ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ११.७ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४ प्रतिशतलेर विकास बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको ०.५ प्रतिशतले घटेको छ ।

 

असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६५.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.६ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

 

२०७६ असोज मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.७ प्रतिशत रहेको थियो ।आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ६ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले बढेको छ ।

 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ३.९ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ३.७ प्रतिशतले, डिमान्ड तथा चालू पूँजी कर्जा ९.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ०.६ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा १७.८ प्रतिशतले बढेको छ भनेट्रष्ट रिसिट (आयात) कर्जा ६.६ प्रतिशतले र हायर पर्चेज कर्जा २.७ प्रतिशतले घटेको छ ।

विद्युत् खपत बढाउने योजना नारामै सीमित, ग्यास प्लान्ट बनाउन कन्सलटेन्ट हायर गर्दै निगम Read Previous

विद्युत् खपत बढाउने योजना नारामै सीमित, ग्यास प्लान्ट बनाउन कन्सलटेन्ट हायर गर्दै निगम

संघर्ष र मेहनतले उदाएका अन्जन ! Read Next

संघर्ष र मेहनतले उदाएका अन्जन !