लक्ष्मी बैंकको १११ औं शाखा भैंसेपाटीमा सञ्चालन

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो १११औँ शाखा उपत्यकाकाे भैंसेपाटीमा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आफ्नो शाखा सञ्जाल विस्तार गरेको जनाएको छ ।

 

यस शाखाबाट ग्राहकले सम्पूर्ण बैंकिङ्ग सेवाको साथै लकर सेवा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै बैंकले साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

 

यो सँगै बैंकको शाखा सञ्जाल देशका ४८ जिल्लामा गरेर १११ पुगेको छ । बैंकले २ एक्सटेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १३३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्टहरु मार्फत बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 

बैंकले पछिल्लो समय नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ । बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, मार्फत ग्राहकलाई विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।

नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर Read Previous

नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर

राष्ट्रिय पूँजीको विकास, बढ्दो आयात र अर्थमन्त्रीका चुनौती Read Next

राष्ट्रिय पूँजीको विकास, बढ्दो आयात र अर्थमन्त्रीका चुनौती