काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । प्राधिकरणले आज गोरखापत्रमा एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदहरुमा आवेदन माग गरेको छ ।
प्राधिकरणले खुल्ला प्रतिस्पर्धात्मक परीक्षा प्रणालीद्धारा पदपूर्तिको लागि २६ पदमा १४० जनाको लागि आवेदन माग गरेको छ । प्राधिकरणले नवौं तहको प्रबन्धक देखि चार तहको सहायकसम्मको लागि आवेदन माग गरेको छ ।
प्राधिकरणले आर्थिक प्रशासन, सिभिल इन्जिनियर, फ्लाइट अपरेशन सर्भिसेस, मेकानिकल इन्जिनियर, प्रशासन, एभिएसन फाएर सर्भिसस लगायतका समूहको विभिन्न पदको लागि आवेदन माग गरेको छ ।
इच्छुक व्यक्तिले साउन १९ गतेदेखि त्यसको एक्काइस दिन भित्रमा आवेदन दिन सक्ने जनाएको छ । प्राधिकरणको वेबसाइटमा रहेको अनलाइन फारम मार्फत दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
