युनाइटेड इन्स्योरेन्सको हकप्रद भदौ ३ गतेबाट खुल्ने

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आगामी भदौ ३ गतेदेखि  हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनको लागि चुक्ता पूँजीको २४० प्रतिशत हकप्रद बिक्री गर्न लागेको हो।

 

युनाइटेडले १ सय रूपैयाँ अंकित दरमा ७२ करोड ५७ लाख ६० हजार रूपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयरको बिक्री खुला गर्न लागेको हो ।

 

उक्त हकप्रदमा साउन १३ गतेसम्म कायम रहेका शेयरधनीहरुले आगामी असोज ६ गतेसम्म आवेदन दिन पाउनेछन् । यस हकप्रदको बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

 

कम्पनीले जारी गर्ने हकप्रदलाई केयर रेटिङ्गस् नेपालले ‘केयर एनपि आईपिओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल आधार रहेको जनाउँछ।

 

युनाइटेडको हाल ३० करोड २४ लाख चुक्ता पूँजी रहेको छ । हकप्रद पश्चात १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ।

होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै, अब एउटै रङ लगाउनुपर्ने Read Previous

होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै, अब एउटै रङ लगाउनुपर्ने

नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर Read Next

नागरिक उड्डयन प्राधिकरणमा रोजगारीको अवसर