ज्योति ग्रपले ल्यायो ‘द ब्रुकलेन क्रिमरी’, यस्तो छ मूल्य

काठमाडौं । ज्योति ग्रुपले जीएफपीएलसँग साझेदारी गरी नेपालमा ‘द ब्रुकलेन क्रिमरी’ लाई लन्च गरेको छ । यो एक कम क्यालोरी भएको रियल डेरी आइसक्रिम हो जसमा हरेक स्कुपमा मात्र ७५ क्यालोरी रहेको छ ।

 

ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठका साथै ज्योति ग्रुपका टीमको उपस्थितिमा यही मंसिर ७ गते काठमाडौंमा द ब्रुकलेन क्रिमरीलाई लन्च गरिएको थियो ।

 

यसै लन्च इभेन्ट मार्फत भिगन आइसक्रिम, चकलेट बारस्, फ्रुट बारस् र आइसक्रिमहरूका विभिन्न प्रकारहरू लन्च गरिएको थियो । हालको समयमा द ब्रुकलेन आइसक्रिमहरू अनलाइन मार्फत विक्री भइरहेको र आउँदो समयमा नेपालका विभिन्न आउटलेटहरूबाट यसको विक्री वितरण गरिनेछ । दुई साइजमा उपलब्ध यस आइसक्रिमको मूल्य २२५ (१०० एमएल) र ७७५ (४५० एमएल) रहेको छ ।

 

सन् २००७ मा सन् इन्टरनेशनल इनकर्पोरेटेडबाट खाद्य उद्योगमा ज्योति ग्रुपले उक्त कम्पनी मार्फत वर्षौंदेखि आइसक्रिमको व्यापारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ ।

 

नेपालभर तीव्र गतिमा आफ्नो डिस्ट्रिब्यूसन च्यानल र अफिसहरू विस्तार गर्ने क्रममा रहेको यस ब्राण्डलाई अझ उचाइमा पुर्याउनको लागि हस्पिटालिटी र रिटेल क्षेत्रका दक्ष तथा समर्पित टीमको साथ रहेको छ ।

माछापुच्छ्रे बैंकका ग्राहकले यी तारे होटलमा ३५ प्रतिशतसम्म छुट पाउने Read Previous

माछापुच्छ्रे बैंकका ग्राहकले यी तारे होटलमा ३५ प्रतिशतसम्म छुट पाउने

व्यावसायिक व्यक्ति हुँ, मसँग महासंघलाई हाक्ने स्पष्ट भिजन छ  : चन्द्रप्रसाद ढकालको अन्तर्वार्ता Read Next

व्यावसायिक व्यक्ति हुँ, मसँग महासंघलाई हाक्ने स्पष्ट भिजन छ  : चन्द्रप्रसाद ढकालको अन्तर्वार्ता