काठमाडौं । माछापुच्छ्रे बैंक र ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा र द फर्न रेसिडेन्सि (भरतपुर, चितवन) बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले २ वटै तारे होटलको खाना र पेय पदार्थमा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने ल्याण्डमार्क होटल, रिजोर्ट एण्ड स्पा (काठमाडौँ, चितवन र पोखरा) को बसाईमा ३५ प्रतिशत तथा विषेश प्याकेजहरुमा ५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा त्तच् प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।
यसैगरी बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगरकोटको प्रसिद्ध होटल क्लब हिमालयन प्रालिसँग पनि सम्झौता गरेको छ । सम्झौता अनुसार माछापुच्छ्रेका ग्राहकले क्लब हिमालयन फुड एण्ड वेभरेजमा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
बैंकले हाल देशभरका १६० वटा शाखा, १९८ वटा एटीएम, १३३ शाखा रहित बैंकिङ सेवा तथा ५ शाखारहित बैंकिङ समेत गरी जम्मा २९३ स्थानबाट ग्राहकलाई बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।