काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले ललितपुरको ललितपुर महानगर–८ पाटन, काठमाडौंको गोकर्णेश्वर–७, मूलपानी, र टोखा–३, मा नयाँ शाखा विस्तार गरेको हो ।
बैंकले हाल देशभरका १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।