दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण, प्रतिघण्टा १३० किमी उडने

सउल । दक्षिण कोरियाले मानवरहित हवाई ट्याक्सी सेवाको परीक्षण गरेको छ । यहाँको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको विज्ञप्तिअनुसार कुल ६५० केजी तौलको उक्त इलेक्ट्रिक हवाई ट्याक्सीमा दुई सिट रहेको छ । ट्याक्सीले १३० किलोमिटरको गतिमा उडान भर्नसक्ने जनाइएको छ ।

 

परीक्षणमा प्रयोग भएका मानवरहित हवाई ट्याक्सीको नाम EH216s  दिइएको छ । उक्त परीक्षणमा ६ वटा हवाई ट्याक्सी परीक्षण गरिएको थियो । ती हवाई ट्याक्सीलाई चिनियाँ पाइलटलेस एयर ट्याक्सी फर्म इहाङले बनाएको हो ।

 

ड्रोन ट्याक्सी कार्यक्रमले शहरी हवाई गतिशीलताको विकास गर्ने, भूमिगत यातायातको भीड कम गर्ने र भविष्यको वृद्धि इञ्जिन सुरक्षित गर्ने उद्देश्यका साथ यसलाई सञ्चालनमा ल्याउन लागेको हो ।

 

यो शहरी भागमा ट्राफिक व्यवस्थापनका लागि समेत सहयोगी हुनेछ । गत अप्रिलमा ७० केजी चामलको बोरासहित यी हवाई ट्याक्सीको सफलतापूर्वक परीक्षण गरिएको थियो । एजेन्सी

नेपाली सेयर बजारको हालसम्मकै ठूलो आइपीओ प्रस्ताव पारित, सबैले ५० कित्ता पाउने सम्भावना Read Previous

नेपाली सेयर बजारको हालसम्मकै ठूलो आइपीओ प्रस्ताव पारित, सबैले ५० कित्ता पाउने सम्भावना

नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् Read Next

नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन्