नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन्

काठमाडौं । नेपाल फाइनान्स कम्पनीको हकप्रद सेयर विक्री खुला भएको छ । कम्पनीले आजदेखि चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात् १००
:१२५ अनुपातमा हकप्रद विक्री खुला गरेको हो ।

 

फाइनान्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद विक्री खुल्ला गरेको हो।

 

हकप्रद निष्काशनका लागि फाइनान्सले कात्तिक ६ गते बुकक्लोज गरेको थियो। यसअनुसार कात्तिक ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र फाइनान्सको हकप्रदमा आवेदन दिन सक्नेछन्।कम्पनीको हकप्रदमा मंसिर २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

 

फाइनान्सको हकप्रद सेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालय, धितोपत्र बोर्डबाट सी–आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

हाल १३ करोड ५८ लाख ५०० रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको हकप्रद निष्काशनपछि चुक्ता पूँजी ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँ पुग्नेछ।

दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण, प्रतिघण्टा १३० किमी उडने Read Previous

दक्षिण कोरियाद्वारा मानवरहित हवाई ट्याक्सीको परीक्षण, प्रतिघण्टा १३० किमी उडने

बजार मूल्य १७७१ रहेको माइक्रोफाइनान्सको सेयर ९५३ रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन Read Next

बजार मूल्य १७७१ रहेको माइक्रोफाइनान्सको सेयर ९५३ रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन