बजार मूल्य १७७१ रहेको माइक्रोफाइनान्सको सेयर ९५३ रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्थाको पौने ४ लाख कित्ता संस्थापक सेयर लिलामी विक्री आजदेखि खुला भएको छ ।

 

आरएमडीसी लघुवित्तले आफ्नो स्वामित्वमा रहेको फरवार्डको ३ लाख ७५ हजार ३०७.५७ कित्ता संस्थापक सेयर लिलामी मार्फत बेच्न लागेको हो ।

 

यस लिलामी सेयरमा कम्पनीकै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यद्यपि पहिलो प्राथमिकतामा भने संस्थापक सेयरधनी नै पर्ने कम्पनीले जनाएको छ ।

 

इच्छुक लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य तोकी आवदेन दिनुपर्नेछ । फरवार्डको लिलामी सेयरको न्यनूतम मूल्य प्रतिकित्ता ९५३.३६ रुपैयाँ तोकिएको छ ।

 

लगानीकर्ताले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताको लागि पुस ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा आइपुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

 

आज दोस्रो बजारमा फरवार्डको सेयर प्रतिकित्ता १७७१ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन् Read Previous

नेपाल फाइनान्सको १२५ प्रतिशत हकप्रद खुल्यो, कहिलेसम्म सेयर किनेकाले भर्न पाउँछन्

१२८ मेगावाटको तमोर-मेवा जलविद्युतले पायो निर्माण स्वीकृति, ५ वर्ष भित्र बन्ने Read Next

१२८ मेगावाटको तमोर-मेवा जलविद्युतले पायो निर्माण स्वीकृति, ५ वर्ष भित्र बन्ने