१२८ मेगावाटको तमोर-मेवा जलविद्युतले पायो निर्माण स्वीकृति, ५ वर्ष भित्र बन्ने

काठमाडौं । ताप्लेजुङमा  २२ अर्ब रुपैयाँ लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिइएको जनाइएको छ ।

 

मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरुआत हुने आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिए। काम शुरु भएको ५ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए ।

 

स्वीकृति पाएसँगै अबको ध्यान निर्माणतर्फ केन्द्रीत हुने र स्थानीय लगानीकर्तासँग सहकार्य गरेर विद्युत् उत्पादन गर्ने उनले जानकारी दिए।

 

९ किलोमिटर दूरी बराबरको सुरुङमार्गमार्फत विद्युत उत्पादन गरिने जनाइएको छ । फुङ्लिङ नगरपालिका वडा नं १, २, ३ र ९, मिक्वाखोला गाउँपालिका वडा नं १, २ र ३, मेरिङ्देन वडा नं ३ तथा आठराई त्रिवेणी गाउँपालिका वडा नं २, ३ र ५ मा आयोजना प्रभावित हुने क्षेत्रमा पर्छन् ।

 

स्पार्कले यसअघि नै प्रभावित क्षेत्रमा सार्वजनिक सुनवाइ तथा वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सबै कार्य सम्पन्न गरिसकेको जनाइएको छ ।

बजार मूल्य १७७१ रहेको माइक्रोफाइनान्सको सेयर ९५३ रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन Read Previous

बजार मूल्य १७७१ रहेको माइक्रोफाइनान्सको सेयर ९५३ रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन

विदेशी नागरिकलाई मंसिर ३० सम्म नेपाल प्रवेशमा रोक, तर यी व्यक्तिले भने पाउनेछन् भिसा Read Next

विदेशी नागरिकलाई मंसिर ३० सम्म नेपाल प्रवेशमा रोक, तर यी व्यक्तिले भने पाउनेछन् भिसा