नेपाल पुनर्बीमा कम्पनीले कमायो सवा १ अर्ब, कति छ जगेडा कोषमा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा सवा १ अर्ब रुपैयाँ खुद मुनाफा कमाएको छ ।

 

कम्पनीले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 

यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४१.८८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा ८७ करोड २० लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

कम्पनीले गत वर्षमा निर्जीवन बीमा व्यवसाय १ अर्ब ६ करोड ५४ लाख र जीवन बीमा व्यवसाय १७ करोड १७ लाख रुपैयाँ गरी कुल १ अर्ब २३ करोड ७१ लाख बराबरको खुद नाफा आर्जन गरेको हो।

 

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ६३ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले जीवन बीमा व्यवसायबाट ७१ करोड ६६ लाख रुपैयाँ र निर्जीवन व्यवसायबाट ५ अर्ब ९१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो।

 

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क ३१ करोड ४३ लाख रुपैयाँले मात्रै बढेको हो।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ३१ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

 

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले पुर्नबीमा कमिशन शुल्कबाट ५ करोड ८३ लाख आम्दानी गरेको छ भने २ अर्ब ३ करोड २० लाख रुपैयाँ पुनर्बीमा कमिशन बापत विदेशी कम्पनीलाई भुक्तानी गरेको छ।

 

१० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ६१ करोड रुपैयाँ र बीमा कोषमा १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित छ। यस अवधिका कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ५८ करोड रुपैयाँ बाँकी छ।

 

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १२.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.९२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.७४ गुणा छ।

फजुल खर्च कटौतीमा अर्थमन्त्रीको 'एक्सन', यी १ दर्जन क्षेत्रमा हुने खर्चमा अंकुश Read Previous

फजुल खर्च कटौतीमा अर्थमन्त्रीको 'एक्सन', यी १ दर्जन क्षेत्रमा हुने खर्चमा अंकुश

सरकारको बेरुजु ११ अर्ब बढी, स्थानीय तहको मात्रै सवा ४ अर्ब Read Next

सरकारको बेरुजु ११ अर्ब बढी, स्थानीय तहको मात्रै सवा ४ अर्ब