काठमाडौं । प्रभु बैंकले चालू आवको पहिलो त्रैमासमा ८५ करोड १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.२५ प्रतिशत बढी हो। गत आवको सोही अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
१० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ३० करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.४१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४०.४९ प्रतिशत बढेर १ अर्ब २५ करोड १७ लाख रुपैयाँ पुगेको छ।समीक्षा अवधिमा बैंकले १ खर्ब ३३ अर्ब निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ४.६९ रुपैयाँले बढेर ३२.९६ रुपैयाँ समीषा अवधिसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५५.३० रुपैयाँ, मूल्य आम्दानी अनुपात ७.२२ गुणा, खराब कर्जा २.६७ प्रतिशत, बेसरेट ७.३९ प्रतशित, स्प्रेडदर ४.३७ प्रतिशत रहेको छ ।