बैंक अफ काठमाण्डू र अपी पावरको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । बैंक अफ काठमाण्डू र अपि पावर कम्पनीले घोषणा गरेको लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम दिन रहेको छ ।

 

साधरण सभा प्रयोजनाका लागि बैंक अफ काठमाण्डूले कात्तिक २८ गते बुक क्लोज तोकेको छ । त्यसअनुसार आजसम्म सेयरधनी कायम हुनेले मात्र लाभांश र साधरण सभामा सहभागिता जनाउन पाउनेछन् ।

 

त्यसैगरी, अपि पावरले मंसिर १ गते बुक क्लोज मिति तोकेको छ । कात्तिक ३० गते तिहारको बिदाका कारण बजार बन्द हुने भएकाले आजसम्म कायम हुने सेयरधनीहरुले मात्र लाभांश पाउने छन् ।

 

बैंक अफ काठमाण्डूले मंसिर २० गते २६ औं साधारण सभा बोलाएको छ। उक्त सभामा बैंकले गत आवको नाफा बाट घोषणा गरेको १३ प्रतिशत बोनस सेयर र नगद प्योजनसहित ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश प्रस्ताव मुख्य एजेन्डाका लागि लैजाने भएको छ ।

 

त्यस्तै, अपिले मंसिर ८ गते सोह्रौँ तथा सत्रौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभामा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र आर्थिक वर्ष २०७६/७७ को खुद मुनाफाबाट ९ प्रतिशत गरी कुल १४ प्रतिशत बोनस सेयर पारित गर्नेछ ।

युनाइटेड इदी-मार्दीको आइपीओ मंसिर ३ गतेदेखि खुल्ने, १० हजार कित्तासम्म भर्न पाइने Read Previous

युनाइटेड इदी-मार्दीको आइपीओ मंसिर ३ गतेदेखि खुल्ने, १० हजार कित्तासम्म भर्न पाइने

प्रभु बैंकको खुद नाफा ३५ प्रतिशतले वृद्धि Read Next

प्रभु बैंकको खुद नाफा ३५ प्रतिशतले वृद्धि