काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । कोरोना भाइरसको खोप तयार भएको समाचार आएसँगै विश्वबजारमै सुनको भाउमा गिरावट आएपछि नेपालमा पनि मूल्यमा ठूलो गिरावट आएको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ३ हजार ४०० रुपैयाँ घट्दै प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य पनि प्रतितोला ३ हजार ४०० रुपैयाँ नै घट्यो । सोमबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य मंगलबार ३ हजार ४०० रुपैयाँ घट्दै प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँ घट्यो । सोमबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ७० रुपैयाँ घट्दै प्रतितोला १ हजार २१५ रुपैयाँ कायम भएको छ ।