खतिवडाको निर्णय धमाधम उल्ट्याउँदै सरकार, किताब आयातमा लगाइएको कर हट्यो

काठमाडौं । सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडाले गरेका निर्णयहरु धमाधम उल्ट्याउन थालेको छ ।

 

खतिवडा पदबाट हटेसँगै सरकारले उनले गरेका आधादर्जन भन्दा बढी निर्णय उल्ट्याइसकेको छ । यसैक्रममा सोमबार बसेको मन्त्रिपरिषदको बैंकले पुस्तक आयातमा लगाएको कर हटाउने निर्णय गरेको छ ।

 

बैठकले खतिवडाले आर्थिक वर्ष २०७६/७७ देखि लगाउँदै आएको किताब आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको हो ।

 

आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले किताब आयातमा भन्सार लगाउने नीति ल्याएका थिए। सरकारले पठन संस्कृतिलाई निरुत्साहित गर्न खोजेको भनी सो नीतिको धेरै आलोचना समेत भएको थियो।

 

किताबमा अतिरिक्त कर लगाउन थालिएपछि नेपालमा विदेशमा प्रकाशित पुस्तक तथा पत्रपत्रिका बिरलै आउन थालेका थिए । विभिन्न प्रकाशक तथा पाठकहरूले यो व्यवस्थाको विरोधमा प्रदर्शन तथा आलोचना गरेका थिए ।

 

सरकारले यसअघि खतिवडाले लगाएको विद्युत्तीय सवारी, गहुँ तथा मैदाजन्य वस्तु, पेन स्टक पाइप लगायतमा कर घटाएको थियो ।

तयार भयो कोरोनाको खोप, ९० प्रतिशत सुरक्षा प्रदान गर्ने, १ अर्ब ३० करोड डोज बजारमा आउने Read Previous

तयार भयो कोरोनाको खोप, ९० प्रतिशत सुरक्षा प्रदान गर्ने, १ अर्ब ३० करोड डोज बजारमा आउने

सुनको भाउ एकैदिन तोलामा ३४०० रुपैयाँ घट्यो Read Next

सुनको भाउ एकैदिन तोलामा ३४०० रुपैयाँ घट्यो