काठमाडौं। यस वर्ष तिहारको बिदाका दिनमा बैंकका शाखा नखुल्ने भएका छन् । विगतका वर्षहरुमा ३६५ दिनै सेवा दिँदै आएका बैंकहरुले यस वर्ष कोरोनाका कारण तिहारमा ३ दिन सबै शाखाहरु बन्द गर्ने भएका हुन् ।
नेपाल बैंकर्स संघका अनुसार कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरूको सम्पूर्ण शाखा बन्द हुने छन्। तर, डिजिटल कारोबार र एटीएम सेवा भने नियमित सञ्चालन हुने जनाइएको छ ।
यस वर्ष दशैंमा पनि बैंकहरुले ५ दिन आफ्नो सेवा बन्द गरेका थिए । संघका अनुसार अहिले वाणिज्य बैंकहरुका करिब ६ हजार कर्मचारी संक्रमित छन्। संघले संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि अपिल गरेको छ।