महासंघको चुनावमा किशोर प्रधान नेतृत्वलाई समर्थन गर्ने प्रदेश १ र २ का व्यवसायीको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई प्रदेश १ र २ का व्यवसायीहरुले समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

चुनावी अभियानका क्रममा प्रदेश २ को राजधानी जनकपुरधाम पुगेको प्रधान सहितको टोली समक्ष व्यवसायीहरुले आगामी चुनावमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

 

जनकपुरधाम उद्योग वाणिज्य संघले प्रधानसहित जिल्ला नगर तर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई स्वागत गरेका थिए ।

 

जनपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सोमबार नै आयोजना हुने अन्तरकृयात्मक कार्यक्रमलाई प्रधान सहित उपाध्यक्षका उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।

 

नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशले कार्यक्रमलाई विशेष समर्थन जनाएको छ । चुनावी अभियानका दौरानमा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समुहलाई नै आफशनो लोप्रिय मत दिएर नेतृत्वमा लैजाने प्रतिबद्धा कार्यक्रमका सहभागिहरुले जनाएका छन् । कार्यक्रममा सहभागि जिल्ला नगरका साथै समग्र व्यवसायीहरुले जिल्ला नगरको आशाको केन्द्र किशोर प्रधान र समूहमा रहेको भन्दै ढुक्क भएर अघि बढ्न सुझाव दिएका छन् ।

 

एसोसियटतर्फका उपाध्यक्षका उम्मेदवार शौरभ ज्योति भने कोरोना संक्रमणका कारण उपचाररत भएकाले जनकपुर धाम पुग्न सकेनन् । प्रधानको टोली जनकपुरधाममा कार्यक्रम सकेर बुटवल हुँदै काठमाडौँ फर्कने बताइएको छ ।

सेयर बजारलाई पुनर्बीमा कम्पनीले लिड गर्दै, पौने ४ अर्बको कारोबार Read Previous

सेयर बजारलाई पुनर्बीमा कम्पनीले लिड गर्दै, पौने ४ अर्बको कारोबार

सेयर बजारको 'ब्लुचिप' सहित ६ कम्पनीको हकप्रद आउँदै, कुनको कति Read Next

सेयर बजारको 'ब्लुचिप' सहित ६ कम्पनीको हकप्रद आउँदै, कुनको कति