कोरोना कालमा पनि चीनको वैदेशिक व्यापार बढेको बढ्यै

बेइजिङ । कोरोनाका कारण विश्वका अन्य राष्ट्रको अर्थतन्त्रनै मन्दीतर्फ धकेलिए पनि चीनको भने निरन्तर सुधार देखिएको छ ।

 

यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचार अनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

 

अघिल्लो वर्षको तुलनामा यसवर्षको अक्टोबर महिनामा चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि आएको देखिएको सो प्रशासनले जानकारी दिएको प्राप्त समाचारमा जनाइएको छ ।

 

त्यसैगरी चीनको निर्यात बजारमा पनि बृद्धि भएको पनि सो समाचारमा जनाइएको छ । गत वर्षको तुलनामा यसै वर्ष चीनको निर्यातमा ७.६ प्रतिशले वृद्धि भएको देखिएको हो । त्यस्तै सोही अवधिमा चीनको आयात भने ०.९ प्रतिशतले मात्र बढेको पनि छ । सिन्ह्वा

पैँचो मल दिन बंगलादेशद्वारा आनाकानी, किनेर लैजान आग्रह Read Previous

पैँचो मल दिन बंगलादेशद्वारा आनाकानी, किनेर लैजान आग्रह

जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित, ह्यारिस बनिन पहिलो महिला उपराष्ट्रपति Read Next

जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित, ह्यारिस बनिन पहिलो महिला उपराष्ट्रपति