पैँचो मल दिन बंगलादेशद्वारा आनाकानी, किनेर लैजान आग्रह

काठमाडौं । सरकारले मंसिरसम्म बंगलादेशबाट रासायनिक मल आउने बताए पनि बंगलादेशले भने मल पैँचो दिन आनाकानी गरेको छ । बंगलादेशले आफ्नो देशको कानूनमा पैँचो दिने व्यवस्था नरहेको भन्दै नेपाल सरकारलाई बरु खरिद गरेरै मल लैजान प्रस्ताव गरेको बताइएको छ ।

 

धान रोप्ने समय जेठ–असारमा युरिया मलको हाहाकार भएपछि कृषिमन्त्री घनश्याम भुसालले छोटो प्रक्रियामा मल आयात गर्न बंगलादेश उत्तम विकल्प भएको निष्कर्ष निकालेका थिए । उनैकै प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले १६ भदौमा बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवाद गरी ५० हजार टन युरिया मल पैँचो दिन प्रस्ताव गरेका थिए । ओलीको प्रस्तावलाई स्वीकारे पनि बंगलादेशले कानूनी कारण देखाउँदै अहिलेसम्म मल पैँचो दिन आनाकानी गरेको हो ।

 

मन्त्रालयका अनुसार बंगलादेशबाट यूरिया मल किनेर ल्याउन मन्त्रिपरिषद्बाट पुनः निर्णय गराउनु पर्ने छ । यसअघि सापटी ल्याउन भने मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

 

अहिले बंगलादेशले मल पैँचोको सट्टा आफूसँग खरिद गरेरै लैजान प्रस्ताव गरेको जनाइएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अहिले बंगलादेशले मल खरीद गरेर लैजान भनेपछि त्यस बारे छलफल भइरहेको जनाएको छ । छलफलबाट निष्कर्ष निस्किएपछि थप प्रक्रिया अघि बढाइने मन्त्रालयको भनाइ छ ।

 

मन्त्रालयका अनुसार बंगलादेशबाट यूरिया मल किनेर ल्याउन मन्त्रिपरिषद्बाट पुनः निर्णय गराउनु पर्ने छ । यसअघि सापटी ल्याउन भने मन्त्रिपरिषद्ले स्वीकृति दिएको थियो ।

 

यसअघि नै जीटुजी (गोभरमेन्ट टु गोभरमेन्ट) प्रकृयामा खरिद गर्न ठेक्का समेत लगाइसकिए पनि बंगलादेशले मल कसरी दिने भन्ने टुंगो नलगाउँदा आयात हुन् नसकेका कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले बताए । उनका अनुसार अब छिट्टै खरिद प्रक्रिया टुंगिए अबको १ महिनाभित्र बंगलादेशबाट यरुीया मल आयात हुनसक्ने सम्भावना रहेको छ ।

 

सो मल आयात विगतमा ग्लोबल टेन्डर गरेर पैँचो ल्याउने भन्दा सस्तो पर्ने उनले बताए । ५० हजार मेट्रिक टन युरिया मल १२ करोड भन्दा कम मूल्यमा आयात हुने उनको भनाइ छ ।‘जीटुजी प्रोसेसबाट मल खरिद गर्दा ग्लोबल टेन्डरको भन्दा सस्तो पर्ने भएको छ, सरकारसर प्रकृया अघि बढ्यो भने २५ दिनमा मल नेपाल आउन थाल्छ,’ प्रवक्ता पोखरेलले भने ।

 

उनले चाँडोमा २५ दिन नभए १ महिना भित्र मल नेपाल आयाउने बताए । शुुरुमा नेपालले बंगादेशबाट पैँचो ल्याउने भनेको ५० हजार मेट्रिकटन मल अब चाँडै नेपाली किसानले खरिद गर्न पाउने छन् ।

 

मन्त्रालयले ग्लोबल टेन्डरमार्फत उक्त परिणामको मल ल्याउन शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज प्रालि र हुमनाथ कोइरालाको होनिको इन्टरप्राइजेज प्रालिलाई ठेक्का दिएको भए उनीहरुले समयमै मल नल्याएपछि भदौमा ठेक्का सम्झौता तोडेको थियो । ठेक्को तोडेपछि तत्कालै फेरि नयाँ ठेक्का लगाइ मल ल्याउन सम्भव नहुनेभन्दै बंगलादेशसँग पैँचो मागिएको थियो ।

 

कृषि सामग्री कम्पनीले चालु आर्थिक वर्षका लागि १ लाख १० हजार मेट्रिकटन यूरीया मल आयातका लागि टेन्डर भइसकेको छ । ९५ हजार मेट्रिकटन डिएपी मल आयातका लागि टेन्डर भएको छ भने १० हजार मेट्रिक टन पोटास मलका लागि पनि टेन्डर भइसकेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

 

बंगलादेशले वार्षिक २५ लाख टन युरिया खपत गर्ने र त्यसमध्ये १५ लाख टन आफैँ उत्पादन गर्ने भएकाले नेपाललाई ५० हजार टन युरिया दिन तयार भएको हो ।

वरिष्ठ उपाध्यक्षमा ढकाल प्यानललाई साथ दिने ३० जिल्लाका अध्यक्षहरुको घोषणा Read Previous

वरिष्ठ उपाध्यक्षमा ढकाल प्यानललाई साथ दिने ३० जिल्लाका अध्यक्षहरुको घोषणा

कोरोना कालमा पनि चीनको वैदेशिक व्यापार बढेको बढ्यै Read Next

कोरोना कालमा पनि चीनको वैदेशिक व्यापार बढेको बढ्यै