साउदीमा १२१७ नेपालीले पाए बहिर्गमन भिसा, अब ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्ने

काठमाडौं । साउदी सरकारले १ हजार २१७ जना नेपालीलाई बहिर्गमन भिसा दिएको छ । साउदीमा रहेको नेपाली दूतावासमा निवेदन दिएकामध्ये थप १ हजार २१७ जनाले बहिर्गमन भिसा प्राप्त गरेका हुन् ।

 

यसअघि साउदी अरेबियाले १ हजार २ जनालाई बहिर्गमन भिसा दिएको थियो । साउदीका विभिन्न स्थानमा कार्यरत उनीहरूलाई कम्पनीले आवासीय अनुमतिपत्र (अकामा) नबनाइदिएको र नवीकरणसमेत नगराइदिए नेपालीहरुले बहिर्गमन भिसा पाएको त्यहाँ रहेको नेपाली दूतावासले जानकारी दिएको छ ।

 

साउदीमा अकामा नभएर समस्या परेर स्वदेश फर्कने इच्छा राख्दै दूतावासमा आफ्नो विवरण टिपाउनेलाई बहिर्गमन भिसा दिने गरेको छ ।

 

साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको बहिर्गमन भिसा चाहिन्छ । साउदीमा बहिर्गमन भिसा हुने विदेश कामदार अवैध मानिन्छ । उनीहरू भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ ।

 

साथै, विभिन्‍न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने पनि दूतावासले प्रस्टयाएको छ ।

कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन Read Previous

कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

एनआरएनएले सरकारलाई दियो १ करोडको स्वास्थ्य सामग्री Read Next

एनआरएनएले सरकारलाई दियो १ करोडको स्वास्थ्य सामग्री