कुलेखानीका तीनै आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन

काठमाडौं । जाडो मौसम शुरुआतसँगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ ।

 

कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ ।

 

कुलेखानीबाट उत्पादित विद्युत् अहिले काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, झापा, भैरहवा, जनकपुर र महेन्द्रनगरमा आपूर्ति भइरहेको कुलेखानी प्रथम आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले बताए ।

 

नेपाल विद्युत प्राधिकरण काठमाडौँले विभिन्न शहरमा विद्युत्को आपूर्ति कम हुन गएमा कुलेखानी आयोजनाको उत्पादनमा कटौती गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको उनको भनाइ छ ।

 

यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-१ स्थित इन्द्रसरोवर जलाशयमा अहिले पानीको सतह भरिन करिब साढे ५ मिटर उचाइ बाँकी रहेको कुलेखानी प्रथम आयोजनाका नियन्त्रण कक्षका प्रमुख रामकुमार चौधरीले जानकारी दिए ।

ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन Read Previous

ब्रोकर एशोसिएशनको अध्यक्षमा सन्तोष मैनाली निर्विरोध चयन

साउदीमा १२१७ नेपालीले पाए बहिर्गमन भिसा, अब ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्ने Read Next

साउदीमा १२१७ नेपालीले पाए बहिर्गमन भिसा, अब ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्ने