एनआरएनएले सरकारलाई दियो १ करोडको स्वास्थ्य सामग्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।

 

करीब १ करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई आज हस्तान्तरण गरेका हुन् ।

 

स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री नवराज रावतले कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीले ठूलो योगदान पुर्याएको जनाउँदै नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकतामा जोड दिए ।

 

एनआरएनएका उपाध्यक्ष डा केसीले विश्वव्यापी कोरोना संक्रमण शुरु भएदेखि नै विदेशमा रहेका नेपालीले स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको जनाए। एनआरएनएका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्यसम्बन्धी सामग्री नेपाललाई जुटाउन सकेकामा प्रसन्नता प्रकट गर्दै यसअघि जापान सरकारले गरेको प्रतिबद्धतानुसार थप स्वास्थ्य सामग्री नेपाल भित्र्याउन पहल गरिने जानकारी दिए।

 

यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको एनआरएनए कोभिड –१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

 

एनआरएनएले कोभिड महामारी शुरु भएदेखि २ करोड बराबरको स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । संस्थाले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करीब २ हजार ५०० स्वयंसेवक परिचालन गर्दै कोभिड पीडित नेपालीलाई सहयोग गरेको थियो । कोभिडविरुद्ध लड्न अध्यक्ष कुमार पन्तका अध्यक्षतामा एक उच्चस्तरीय समितिसमेत गठन गरिएको छ ।

साउदीमा १२१७ नेपालीले पाए बहिर्गमन भिसा, अब ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्ने Read Previous

साउदीमा १२१७ नेपालीले पाए बहिर्गमन भिसा, अब ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्ने

चार्टर्डलाई उछिन्दै ग्लोबल आइएमई बन्यो दशौं ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी Read Next

चार्टर्डलाई उछिन्दै ग्लोबल आइएमई बन्यो दशौं ठूलो कम्पनी, यी हुन् सेयर बजारका १० ठूला कम्पनी