रिलायन्स लाइफको छलाङ, खुद नाफा ६२ प्रतिशतले वृद्धि

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले खुद नाफामा छलाङ मारेको छ । इन्स्योरेन्सले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ करोड ७३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।

 

यो गत आवको सोही अवधिको तुलानामा ६२.४३ प्रतिशतले बढी हो । कम्पनीले गत आवको पहिलो त्रैमासमा १ करोड ८५ लाख खुद नाफा कमाएको थियो ।

 

वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीले बीमाशुल्क आर्जन ९१ं९८ प्रतिशतले वृद्धि गरी ४६ करोड ५२ लाख रुपैयाँ पुर्याएको छ । गत आवको सोही अवधिमा कम्पनीले २४ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

 

समीक्षा अवधिसम्ममा इन्स्योरेन्सले बीमालेख धितोबापत १७ करोड ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ। जसबापत इन्स्योरेन्सले १५ लाख ५८ हजार रुपैयाँ आम्दानी गरेको छ।

 

२ अर्ब १० करोड रुपैयाँ चुक्तापूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १७ करोड ३० लाख रुपैयाँ सञ्चित छ भने जीवन बीमा कोषमा १ अर्ब ३९ करोड ५६ लाख र महाविपत्ती कोषमा १ करोड ९२ लाख रुपैयाँ रहेको छ।

 

समीक्षा अवधिमा इन्स्योलेन्सले ४ हजार १३८ बीमालेख जारी गरी ४८ करोड २८ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सो अवधिमा कुल १२ दाबी बापत ६ करोड ६६ लाख ५३ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ भने ४ दाबीबापतको ४७ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

 

इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ५.७३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.१५ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०४.७५ गुणा रहेको छ।

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ : अर्थमन्त्री पौडेल Read Previous

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ : अर्थमन्त्री पौडेल

आगामी साता दुई कम्पनीको आइपीओ आउँदै, कुन कम्पनीको कति Read Next

आगामी साता दुई कम्पनीको आइपीओ आउँदै, कुन कम्पनीको कति