काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले यसअघि गत वर्षको नाफाबाट प्रस्ताव गरेको नगद लाभांश घटाइ बोनस सेयर बढाउने निर्णय गरेको हो ।
यसअघि बैंकले ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका थियो । त्यसलाइ संशोधन गर्दै बैठकले ८ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
बोनस र नगदको अनुपातमा परिवर्तन गरे पनि बैंकले यसअघि प्रस्ताव गरेको कुल लाभांश भने ११ प्रतिशत नै यथावत् राखेको छ ।