अब साउदीमा रहेका विदेशी कामदारले आफूखुसी घर फर्कन र काम परिवर्तन गर्न पाउने

काठमाडौं । नेपाली कामदारको प्रमुख गन्तव्यको रुपमा रहेको साउदी अरबमा श्रम कानूनमा सुधार हुने भएको छ ।

 

साउदी सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै सन् २०२१ को मार्च १४ देखि लागू हुनेगरी श्रम कानुनमा सुधार गर्न लागेको अरब न्यूजले जनाएको छ ।

 

नयाँ नियम अनुसार अब साउदीमा कार्यरत विदेशी कामदारले रोजगारदाताको अनुमति विना नै घर फर्कन र काम परिवर्तन गर्न पाउने छन् ।

 

साउदीले बुधबार घोषणा गरेको राष्ट्रिय परिवर्तन कार्यक्रममा करार अवधि सकिएपछि विदेशी श्रमिकले रोजगारदाताको अनुमति विनै स्वदेश फर्कन सक्ने र रोजगारदाता समेत परिवर्तन गर्न सक्ने उल्लेख गरेको छ ।

 

तर स्वदेश फर्कंदा विद्युतीय माध्यममार्फत रोजगारदातालाई जानकारी भने गराउनु पर्ने नयाँ नियमले व्यवस्था गरेको छ ।

 

यसअघि साउदीबाट स्वदेश फर्कनका लागि रोजगारदाताको अनुमति अनिवार्य थियो । साउदीले ल्याएको यो नयाँ नियमले नेपाली श्रमिकलाई पनि ठूलो फाइदा पुग्ने छ ।

 

जसले साउदी अरेबियामा रोजगारीको बजार बनाउनको लागि श्रमिक र रोजगारदाता बीचको सम्झौता सम्बन्ध सुधार गर्नेछ। यो पहलले कर्मचारीको मर्यादा र स्वतन्त्रताको रक्षा गर्दछ र रोजगारदाताले अनुबन्धको पालनाको लागि ग्यारेन्टी गर्दछ।

सरकारले लगानी नगर्दा चिया खेती मास्दै किसान Read Previous

सरकारले लगानी नगर्दा चिया खेती मास्दै किसान

सिटिजन्स बैंकको लाभांश संशोधन, बोनस बढ्यो नगद घट्यो Read Next

सिटिजन्स बैंकको लाभांश संशोधन, बोनस बढ्यो नगद घट्यो