बियर उत्पादनमा गोर्खा ब्रुअरी अगाडि, यस्तो छ १० कम्पनीको बजार हिस्सा

काठमाडौं । नेपालमा १० वटा बियर उत्पादक कम्पनीहरु संचालनमा छन् । गोर्खा ब्रुअरी, हिमालय ब्रुअरी, टाइगर ब्रुअरी, राज ब्रुअरी, सीजी ब्रुअरी, माउन्ट एभरेष्ट ब्रुअरी, नेपाल ब्रुअरी, याक ब्रुविङ, यती ब्रुअरी र शेर्पा ब्रुअरीजस्ता कम्पनीहरुले विभिन्न ब्राण्डमा आफ्ना उत्पादन बजारमा ल्याएका छन् ।

 

गत आर्थिक वर्षमा सबै कम्पनीले मिलाएर एक करोड ४५ लाख १६ हजार केस अर्थात् १७ करोड ४१ लाख ९२ हजार बोतल बियर उत्पादन गरेका छन् ।

 

नेपालमा बियर कम्पनीहरु मध्ये मुख्यतः गोर्खा ब्रुअरी, सीजी ब्रुअरी जस्ता कम्पनीहरुको बजार हिस्सा ज्यादा छ ।

 

पछिल्लो तथ्याङ्कका अनुसार नेपालमा सबैभन्दा बढि बजार हिस्सा गोर्खा ब्रुअरीको रहेको छ । आर्थिक बर्ष ०७५/७६ मा ५६ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले ८१ लाख कार्टुन बियर उत्पादन गरेको छ ।

 

विगत ३ आर्थिक वर्षदेखि नेपालमा बियरको उत्पादन र खपत बढ्दै गएको देखिन्छ । नेपालका दुई ठूला ब्रुअरी गोर्खा र सीजी दुवैले पछिल्ला आर्थिक बर्षहरुमा आफ्ना उत्पादन बढाउँदै लगेका छन् ।

 

गोर्खा ब्रुअरीले टुबोर्ग, काल्सबर्ग, गोर्खा, सानमिगियल जस्ता ब्राण्डका बियरहरु उत्पादन गर्ने गर्छ ।

 

त्यसैगरी गत आर्थिक वर्ष सीजी ब्रुअरीले नेपालको १८ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीले गत आर्थिक वर्ष २५ लाख ८० हजार कार्टुन बियर उत्पादन गरेको थियो । नेपाल आइस बियर यो कम्पनीको प्रमुख उत्पादन हो ।

 

गत वर्ष टाइगर, माउन्ट एभरेष्ट र नयाँ कम्पनी यती ब्रुअरीले बराबर ६ प्रतिशत बजार हिस्सा ओगटेका छन् । उत्पादनकाे पहिलाे वर्षमै राज ब्रुअरीले बजार हिस्सा ४ प्रतिशत पूर्याउन सफल भएकाे छ ।

विगत ३ आर्थिक वर्षदेखि नेपालमा बियरको उत्पादन र खपत बढ्दै गएको देखिन्छ । नेपालका दुई ठूला ब्रुअरीहरू गोर्खा र सीजी दुवैले पछिल्ला आर्थिक बर्षहरुमा आफ्ना उत्पादन बढाउँदै लगेका छन् । त्यसैगरी यती ब्रुअरी र माउन्ट एभरेष्ट ब्रुअरीको पनि उत्पादन बढेको छ ।

 

नेपाल ब्रुअरीको उत्पादन स्थिर देखिन्छ भने, हिमालयन ब्रुअरीको मात्र उत्पादन घटेको देखिन्छ ।

 

नेपालमा बियर उत्पादन सँगसँगै खपत पनि बढिरहेको छ । नेपालमा आव २०७३/०७४ मा १ करोड २० लाख लिटर बियर खपत भयो । आव २०७४/०७५ मा १ करोड २७ लाख ३२ हजार लिटर र आव २०७५/७६ मा १ करोड ४५ लाख ६ हजार लिटर बियर खपत भएको देखिन्छ ।

 

पछिल्ला वर्षहरुमा बियरको खपत नेपालमा बढ्दो छ । यो पेय पदार्थलाई अल्कोहलकाे रुपमा भन्दा पनि ‘सफ्ट ड्रिङक्स’ को रुपमा लिइन थालेकाले यसको संस्कृति बढ्दै गएको हो ।

 

सहरीया समाजमा बियरले आफ्नो बलियो पकड बनाइसकेको छ । जन्मदिन, कुनै उत्सव, सांगीतिक कार्यक्रम, पिकनिकदेखि लिएर एक्लै वा साथीभाइसँग समय विताउन पनि बियरको आवश्यकता मशसुस गर्न थालेको छ सहरीया समाजले ।

 

केही वर्षअघिसम्म गर्मीमा मात्र खपत हुने बियर अहिले जाडो-गर्मी दुवै मौसममा उत्तिकै खपत हुन थालेको ब्यवसायीहरु बताउँछन् ।

 

नेपालमा बियरको उत्पादन र बिक्री बढेसँगै यसको बजारसमेत विस्तार हुँदै गएको छ । त्यसमाथी नेपालमा विभिन्न मूल्यमा बियर उपलब्ध हुन थालिसकेको हुनाले मानिसहरुलाई आफ्नो आर्थिक हैसियत अनुसार बियर छान्ने स्वतन्त्रता समेत बढेको छ ।

 

बियरमा अन्य मदिरामा जस्तो धेरै मात्रामा ‘अल्कोहल’को नहुने हुनाले यो पिउन तुलनात्मक रुपले सहज नै हुन्छ । बियरमा सामान्यता ४.५ देखि ७ प्रतिशतसम्म अल्कोहलको मात्रा रहेको हुन्छ ।

 

यसरी बियर खपत बढनुको कारण युवा पुस्ताको बियर प्रतिको बढ्दो आकर्षण साथै पर्यटक आगमनमा भएको वृद्धि मुख्य कारण रहेको जानकारहरु बताउँछन् ।

 

हल्का पिय पदार्थको रुपमा यसको प्रयोग हुने भएकोले पनि बियरको बजार विस्तार भएको हो ।

 

बियरमा अन्य मदिरामा जस्तो धेरै मात्रामा ‘अल्कोहल’को मात्रा नहुने हुनाले यो पिउन तुलनात्मक रुपले सहज नै हुन्छ । बियरमा सामान्यता ४.५ देखि ७ प्रतिशतसम्म अल्कोहलको मात्रा रहेको हुन्छ ।

 

विशेषत जौँ, हप्स (एक प्रकारको जडिवुटी), पानी र खमिर जस्ता बस्तुहरुको समिश्रणबाट बन्ने यो पेय पदार्थ विभिन्न स्वदेशी र विदेशी ब्रान्डमा नेपालमा उपलब्ध छ ।

 

नेपालमा बर्षेनी बियरको बजार हिस्सा २० देखि ३० प्रतिशतले बढ्दै गएको छ । सरकारको गतिलो राजश्व आम्दानीको क्षेत्र पनि मदिराजन्य क्षेत्र हो । प्रत्येक आर्थिक वर्षमा सरकारले यो क्षेत्रबाट ७५ अर्बभन्दा बढि राजस्व उठाउने गरेको छ ।

सरकारले १ दर्जन वस्तुको  खुद्रा मूल्य भन्सार बिन्दुमै तोक्ने Read Previous

सरकारले १ दर्जन वस्तुको खुद्रा मूल्य भन्सार बिन्दुमै तोक्ने

नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा २३ करोडले बढोत्तरी Read Next

नेप्सेमा सामान्य गिरावट, कारोबार रकममा २३ करोडले बढोत्तरी