सरकारले १ दर्जन वस्तुको खुद्रा मूल्य भन्सार बिन्दुमै तोक्ने

काठमाडौं । सरकारले विदेशवाट आयात गरिने एक दर्जन वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्सार बिन्दुमै तोक्ने भएको छ।

 

आर्थिक ऐन २०६८ को अनुसूची १ को दफा १९ बमोजिम मन्त्री परिषदको २०६८/०७/२० गतेका निर्णय विभागले कार्यान्वयनमा ल्याएको हो ।

 

भन्सार विभागका अनुसार अबदेखि सबै प्रकारका टेलिभिजन, घरायसी एयर कन्डिसनर, घरायसी रेफ्रिजेरेटर, वासिङ मेसिन, माईक्रोओभन, शक्तिबद्र्धक जुस आयात गर्दा भन्सार बिन्दुमै खुद्रा मूल्य तोकिनेछ ।

 

यस्तै मार्वल ग्रेनाईट र टायल, कुकिङ रेन्ज, चिम्नी, डिजिटल क्यामेरा, भिडियो क्यामेरा र सबै प्रकारका सवारी साधनहरु कतिमा बेच्ने भन्ने भन्सार विन्दुमै खुलाउनु पर्नेछ ।

 

विभागले यी सामानहरुको अधिकतम खुद्रा मूल्य आफ्नो वेबसाइटमा राख्ने जनाएको छ ।यसबाट विदेशबाट आयातीत वस्तुमा उपभोक्ता ठगिने र कालोबजारी हुने स्थितिको अन्त्य हुने विभागको विश्वास गरेको ।

मुक्तिनाथ विकास बैंकले ल्यायो आकर्षक ब्याजदरमा आवास तथा  सेयर कर्जा योजना Read Previous

मुक्तिनाथ विकास बैंकले ल्यायो आकर्षक ब्याजदरमा आवास तथा सेयर कर्जा योजना

बियर उत्पादनमा गोर्खा ब्रुअरी अगाडि, यस्तो छ १० कम्पनीको बजार हिस्सा Read Next

बियर उत्पादनमा गोर्खा ब्रुअरी अगाडि, यस्तो छ १० कम्पनीको बजार हिस्सा