मुक्तिनाथ विकास बैंकले ल्यायो आकर्षक ब्याजदरमा आवास तथा सेयर कर्जा योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आकर्षक सुविधा र ब्याज दरमा आवास कर्जा तथा सेयर कर्जा योजना सञ्चालनमा ल्याएको छ ।

 

‘आधाको ब्याज, आधाको किस्ता साथमा पाउनुहोस् नगद फिर्ता’ भन्ने मूल नाराका साथ बैंकले आवास कर्जा योजना सञ्चालनमा ल्याएको हो।

 

आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ गर्न वा सोही प्रयोजनका लागि घडेरी खरिद गर्नका लागि आवश्यकताअनुसारको आवास कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।बैंकबाट आवास कर्जा आकर्षक ब्याजदरमा २० वर्षका लागि लिन सकिनेछ ।

 

सेयर धितोको ६५% सम्म कर्जा दिने

 

यसका साथै बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । यो कर्जा धितो राखेको सेयरको ६५% सम्मको कर्जा १ वर्षका लागि लिन सकिनेछ ।

 

बैंकले देशैभरी ११९ वटा शाखा, २५ वटा एटीएम। र करिब सात लाख ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

एनसेलका २ दर्जन टावरमा आगजनी Read Previous

एनसेलका २ दर्जन टावरमा आगजनी

सरकारले १ दर्जन वस्तुको  खुद्रा मूल्य भन्सार बिन्दुमै तोक्ने Read Next

सरकारले १ दर्जन वस्तुको खुद्रा मूल्य भन्सार बिन्दुमै तोक्ने