एप्पलको ब्रान्ड भ्यालू नेपालको जीडीपीभन्दा १० गुणा धेरै, यी हुन् विश्वका १० मूल्यवान कम्पनी

काठमाडौं । विश्व बजारमा दबदबा रहेका ठूला कम्पनीहरुले ब्रान्ड भ्यालूको नयाँ सूची सार्वजनिक भएको छ ।

 

‘इन्टरब्राण्ड’ नामक संस्थाले सार्वजनिक सार्वजनिक सन् २०२० को सूची अनुसार विश्वकै सबैभन्दा मूल्यवान ब्रान्ड एपल बनेको छ । कोरोनाका बाबजूद एप्पलले आफ्नो ब्रान्ड भ्यालू ३८ प्रतिशले बढाउँदै ३ खर्ब २२ अर्ब डलर पु्याएको छ । यो नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा करिब १० गुणा बढी हो ।

 

अमेरिकी धनाढ्य जेफ बेजाेसकाे अनलाइन व्यापार कम्पनी अमेजन विश्वको दोस्रो ठूलो ब्रान्ड भ्यालू भएको कम्पनी बनेको छ । कोरोनाकालमा आक्रमक व्यापार विस्तार गरेको अमेजनले सन् २०२० मा ब्रान्ड भ्यालू ६० प्रतिशले वृद्धि गरी २ खर्ब ६ अर्ब डलर पुर्याएकाे छ ।

 

 

यस्तै, सूचना प्रविधि कम्पनी माइक्रोसफ्टले पनि आफ्नो ब्रान्ड भ्यालू ५३ प्रतिशतले बढाउन सफल भएको छ । विश्वका मूल्यवान कम्पनीको सूचीमा तेस्रो स्थानमा रहेको माइक्रोसफ्टको ब्रान्ड भ्यालू १ खर्ब ६६ अर्ब डलर रहेको छैन ।

 

यस्तै, सूचना प्रविधि कम्पनीक गुगलको भने गतवर्षको तुलनामा ब्रान्ड भ्यालू १ प्रतिशले घटेको छ । विश्वको चौथो ठूलो मूल्यवान कम्पनी बनेको गुगलको ब्रान्ड भ्यालू १ खर्ब ६५ अर्ब डलर रहेको छ ।

 

विश्वका मूल्यवान कम्पनीहरुको सूचीमा सामसङ पाचौं स्थानमा रहेको छ । यसको ब्रान्ड भ्यालू गत आवको भन्दा २ प्रतिशतले बढेर ६२ अर्ब २८ करोड पुगेको छ ।

 

ब्रान्ड भ्यालूका आधारमा पेयपदार्थ उत्पादक कम्पनी कोकाकोला छैटौं स्थानमा रहेको छ । कोरोनाका कारण खपतमा कमीआएसँगै व्यापार घटेको कोकाकोलाको ब्रान्ड भ्यालू अघिल्लो वर्षको तुलनामा १० प्रतिशले घटेर ५६ अर्ब ८९ करोडमा सीमित भएको छ ।

 

ब्रान्ड भ्यालूकै आधारमा गाडी उत्पादक कम्पनी टोयोटा सातौं, मर्सिडिज बेन्ज आठौं, फास्टफूड कम्पनी म्याक डोनाल्ड नवौं र डिज्नी दशौं स्थानमा रहेको छ ।

अक्सफोर्डको कोरोना भ्याक्सिन डिसेम्बरसम्म तयार हुने दाबी Read Previous

अक्सफोर्डको कोरोना भ्याक्सिन डिसेम्बरसम्म तयार हुने दाबी

बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, ३ अर्ब बढीको कारोबार Read Next

बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, ३ अर्ब बढीको कारोबार