बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, ३ अर्ब बढीको कारोबार

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । बुधबार ४१ अंकले बढेको बजारमा आज झिनो करेक्शन आएको हो ।

 

सूचकमा न्यून गिरावट आए पनि कारोबार रकममा भने बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम करिब ३० करोडले बढेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १.७८ अंकले घटेर १६४५.६८ विन्दुमा आइपुगेको छ । यसदिन १९२ कम्पनीको ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार ८४५ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ३ लाख ६५ हजार ६०७ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ६ समूहको परिसूचक हरियो भएका छन् भने ६ वटै समूहको परिसूचक राताम्मे भएका छन् । आज सबैभन्दा धेरै निर्जीवन बीमा समूहको परिसूचक ३९.८९ अंकले बढेको छ भने उत्पादनमूलक समूहको ३४.८५ अंकले घटेको छ ।

 

आज पनि लगानीकर्ता वाणिज्य बैंकहरुको सेयरमा झुम्मिएका छन् । धेरै कारोबार भएका १० कम्पनीमध्ये ९ वटा वाणिज्य बैंक रहेका छन् ।

 

आज  लगानीकर्ताको रोजाइमा प्राइम कमर्शियल बैंक परेको छ । यसको सबैभन्दा धेरै १३ करोड ७८ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा प्रभु र एनएमबी बैंकको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । शिवश्री हाइड्रोपावर र नेपाल फाइनान्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् । आज सिन्धु विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ३.६१ प्रतिशतले गुमाएका छन् ।

एप्पलको ब्रान्ड भ्यालू नेपालको जीडीपीभन्दा १० गुणा धेरै, यी हुन् विश्वका १० मूल्यवान कम्पनी Read Previous

एप्पलको ब्रान्ड भ्यालू नेपालको जीडीपीभन्दा १० गुणा धेरै, यी हुन् विश्वका १० मूल्यवान कम्पनी

कोरोनाले फस्टायो मोबाइल व्यापार, ३ महिनामै ११ अर्बको आयात Read Next

कोरोनाले फस्टायो मोबाइल व्यापार, ३ महिनामै ११ अर्बको आयात