कोरोनाले फस्टायो मोबाइल व्यापार, ३ महिनामै ११ अर्बको आयात

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण मोबाइलको आयात बढेको छ । कोरोनाका कारण शिक्षण सिकाइ, कम्पनीहरुको मिटिङ लगायत भर्चुअल माध्यमबाटै गर्ने चलन बढेसँगै मोबाइलको प्रयोग ह्वात्तै बढेको हो ।

 

भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा ११ अर्ब १० करोड १२ लाख रूपैयाँको मोबाइल भित्रिएको छ। यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा ३ अर्ब ९१ करोड रूपैयाँले बढी हो।

 

तथ्याङ्क अनुसार साउनदेखि असोजसम्मको अवधिमा उक्त परिमाणको १५ लाख सेट मोबाइल नेपाल भित्रिएको हो।

 

विभागका अनुसार तथ्यांक अनुसार साउन महिनामा ४ अर्ब १८ करोड रूपैयाँ मूल्य बराबरको ४ लाख ६७ हजार गोटा मोबाइल सेट आयात भएको थियो ।

 

नेपालले चीन, भारत र भियतनामबाट धेरै मोबाइल आयात गरेको छ । चीनबाट मात्रै यस अवधिमा ७ अर्ब ७ अर्ब ६ करोड ३१ लाख रूपैयाँको मोबाइल आयात भएको विभागले जानकारी दिएको छ।

 

यस्तै, भारतबाट ३ अर्ब ५४ करोड ६८ लाख रूपैयाँको, भियतनामबाट ४३ करोड ४८ लाखको, युएईबाट ११ करोडको र कोरियाबाट २ करोड ८६ लाख रूपैयाँको मोबाइल आएको विभागको तथ्यांक छ।

 

साथै, अमेरिकाबाट ७२ लाखको, बेलायतबाट ११ लाखको र जापानबाट १८ लाख रूपैयाँको मोबाइल भित्रिएको छ।

बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, ३ अर्ब बढीको कारोबार Read Previous

बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, ३ अर्ब बढीको कारोबार

असार मसान्तभित्र गरिब परिचयपत्र वितरण सम्पन्न गरिने Read Next

असार मसान्तभित्र गरिब परिचयपत्र वितरण सम्पन्न गरिने