अक्सफोर्डको कोरोना भ्याक्सिन डिसेम्बरसम्म तयार हुने दाबी

अक्सफोर्ड विश्वविद्यालयले बनाउन लागेको कोभिड-१९ को भ्याक्सिन डिसेम्बरसम्म तयार भइसक्ने सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ) बताएको छ ।

 

अक्सफोर्ड युनिभर्सिटीले भ्याक्सिन उत्पादनका लागि एस्ट्राजेनेका नामको औषधि कम्पनीले एसआइआइसँग दाबी गरेको छ । सिरम इन्स्टिच्युटले बुधबार भनेको छ कि-एनकोव-९ भ्याक्सिन डिसेम्बरसम्म तयार भइसक्नेछ ।

 

यसलाई भारतमा कोविसिल्ड नाम दिइएको छ । सिरम इन्स्टिच्युटले भारतमा यो भ्याक्सिनको ‘लेट(स्टेज ट्रायल’ गरिरहेको छ । एनडीटीभीसँगको अन्तर्वार्तामा एसआइआइका सीईओ अदार पुनावालाले भनेका छन् कि–१० हजार डोजको पहिलो ब्याच २०२१ को दोस्रो वा तेस्रो महिनामा आइपुग्ने तयारी छ ।

 

उनले भने, ‘डिसेम्बरसम्म हाम्रो परीक्षण सकिन्छ, त्यसपछि भारतमा हामीले जनवरीसम्म लन्च गरिसक्नेछौं ।’ यद्यपि उनले भनेका छन्–जहाँसम्म बेलायतको क्लिनिकल परीक्षणको तथ्यांकमाथि यो निर्भर हुन्छ, जुन पूरा हुनै लागेको छ ।

 

यता समाचार एजेन्सी पीटीआइका अनुसार भारतका स्वास्थ्यमन्त्री हर्षवर्द्धनले कोरोनाको संक्रमण आगामी तीन महिनासम्म रहने भएकाले पनि सतर्क रहन सबैलाई आग्रह गरेका छन् । बीबीसी

कातिक १५ देखि कालीगण्डकी खोँचमा विश्वकै दोस्रो अग्लो बन्जीजम्प सञ्चालनमा आउने Read Previous

कातिक १५ देखि कालीगण्डकी खोँचमा विश्वकै दोस्रो अग्लो बन्जीजम्प सञ्चालनमा आउने

एप्पलको ब्रान्ड भ्यालू नेपालको जीडीपीभन्दा १० गुणा धेरै, यी हुन् विश्वका १० मूल्यवान कम्पनी Read Next

एप्पलको ब्रान्ड भ्यालू नेपालको जीडीपीभन्दा १० गुणा धेरै, यी हुन् विश्वका १० मूल्यवान कम्पनी