तातोपानी नाका खुल्यो, कन्टेनरलाई २४ घण्टा आइसोलेशनमा राखिने

काठमाडौं । नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा पुनः सञ्चालनमा आएको छ ।

 

बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड-१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।

 

दुवै देशबीचको समझदारी अनुसार स्वास्थ्य मापदण्ड पूरा गरी बुधबारदेखि सञ्चालनमा आए पनि मालवाहक कन्टेनर भने बिहीबार मात्रै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए।

 

नेपाल भित्रिने सामान अबदेखि चिनियाँ पक्षले नै भन्सार क्षेत्रसम्म ल्याइदिने भएपछि नेपाली कामदार सीमा पारि जानु नपर्ने जनाइएको छ ।

 

यसरी आएका कन्टेनरलाई भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घण्टासम्म राखेपछि मात्र जाँचपास गरी राजधानी पठाइने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

हर्षद मेहताकाे चिहानबाट उदायका अहिलेका बिग बुलहरू Read Previous

हर्षद मेहताकाे चिहानबाट उदायका अहिलेका बिग बुलहरू

७ लघुवित्तको लाभांश घोषणा, कुनको कति Read Next

७ लघुवित्तको लाभांश घोषणा, कुनको कति