हर्षद मेहताकाे चिहानबाट उदायका अहिलेका बिग बुलहरू

स्क्याम १९९२ नामको वेभ सिरिज सार्वजनिक भएपछि भारतीय सेयर बजारका कुनै बेलाका बादशाह भनेर चिनिने हर्षद मेहता एकाएक अहिले भारतमा मात्र नभएर नेपालमा समेत चर्चामा छन् । सामाजिक सञ्जालमा नेपाली सेयरबजारका लगानीकर्ताहरु समेत हर्षद मेहताको उदय र पतनको बारेमा चर्चा गरिरहेका छन् ।

 

अहिले हर्षद मेहता यो दुनियाँमा छैनन् । सामान्य गुजराती परिवारमा जन्मेका उनी छोटो समयमै भारतीय सेयर बजारका ‘बिग बुल’को रुपमा उदाय र बिग बुल बन्ने लेठोमा उनले केही गैरकानुनी कामहरु पनि गर्न पुगे । त्यसैकारण उनी जसरी उदाय त्यसैगरी अस्ताए । र, अन्तत प्रहरी ‘कस्टडी’मै हृदयघातका कारण यो संसार त्यागे ।

 

तर, यसका अलावा मेहताको कथाको अर्को पाटो पनि छ । जसै मेहताको पतन भयो, त्यसैबेला देखि राकेश झुनझुनवाला र राधाकिशन दामिनीको भने उदय भयो ।

 

वेभ सिरिजमा पनि यी दुई जनाको चरित्रमा अभिनय गर्नेले मेहताको ‘स्क्याम’ सार्वजनिक भएपछि अब आफुहरु अब लगानीकर्ता बनेर आरामले बस्ने बताउँछन् । झुनझुनवालाको चरित्रमा अभिनय गर्ने कलाकारले सिरिजमा पनि अबको २५–३० वर्षमा भारतीर सेन्सेक्स ३५–४० हजार पुग्ने र त्यतिबेलाको बिग बुल आफु बन्न सक्ने बताउँछन् ।

 

अहिले राकेश झुनझुनवाला भारतीय सेयर बजारका ‘बिग बुल’को रुपमा चर्चित छन् । उनलाई भारतको वारेन बफेट पनि भन्ने गरिन्छ । हाल उनी भारतको ४८ औं धनी व्यक्ति हुन् । अहिले उनको कुल सम्पक्ति २.५ अर्ब डलर रहेको अनुमान गरिएको छ ।

 

 

यता राधाकिशन दामिनी भने अहिले सेयर बजारमा सक्रिय छैनन् । उनी अहिले डी–मार्ट नामक खुद्रा पसलको चेनको मालिक हुन् । उनी झुनझुनवाला भन्दा पनि धेरै धनी छन् । हाल उनको सम्पक्ति १५ अर्ब डलर भन्दा पनि बढि रहेको अनुमान गरिएको छ । झुनझुनवाला दामिनीलाई आफ्नो गुरु मान्छन् ।

 

 

जब हर्षद मेहता भारतीय सेयर बजारको बिग बुल थिए तब त्यहाँ दुइवटा समूह सक्रिय थियो । पहिलो समूह ‘बुल समूह’को रुपले चिनिन्थ्यो । यो समूहको नेतृत्व हर्षदले गर्थे । यो समूहको काम भनेको कुनै सेयर छान्ने, विभिन्न स्रोतबाट अत्याधिक पैसा जुटाएर त्यो सेयर किन्ने र त्यसको मूल्यलाई अत्याधिक बढाउने । त्यसपनि सेयर बेच्दिने र पैसा कमाउने । अर्थात, यो समूहको काम भनेको सेयर बजारलाई बुलिस ट्रेण्डमा लैजाने र पैसा कमाउने ।

 

यसैगरी अर्को शक्तिशाली समूह थियो, बियरिस समूह । यो समूहको नेतृत्व मनु मानिकले गर्दथे । उनी भारतीय सेयर बजारमा ‘ब्ल्याक कोब्रा’ (कालो गोमन) को नामले पनि चिनिन्थे । र, उनको यो समूहको सदस्यहरु थिए, राकेश झुनझुनवाला र राधाकिशन दामिनी ।

 

जब मेहताले बजार बुलिस बनाउनको लागि पैसा जुटाउने क्रममा प्रयोग गरेका गैरकानुनी हतकण्डाहरुको पर्दाफास भयो तब बजार ग्वारग्वार्ती झर्न थाल्यो । यहि ‘क्रयास’ नै वियरिस ग्रुपको लागि पैसा कमाउनको लागि सबैभन्दा ठूलो अवसर भइदियो । यो क्रयासमा झुनझुनवाला र दामिनीले खुब सर्ट सेलिङ गरे र अथाहा पैसा कमाए ।

 

यो समूहको काम भने सेयर बजारलाई बियरिस ट्रेण्डमा लैजाने र पैसा कमाउने । उनीहरुको मुख्य हतियार भनेको ‘सर्ट सेलिङ’ थियो । सामान्यत सेयर बजारमा पहिला सेयर किन्ने र पछि बेच्ने हो । तर, सर्ट सेलिङ भनेको चाँही ब्रोकरसँग मिलेर पहिला आफुसँग नभएको सेयर बेच्ने र पछि त्यसको मूल्य घटिसकेपछि सेयर किनेर फिर्ता गर्ने प्रक्रिया हो । उदाहरणको लागि कुनै सेयर १०० रुपैयाँ प्रतिकित्तामा बेच्ने । त्यसपछि त्यसको मूल्य घटाएर ८० रुपैयाँमा पुर्याउने र सेयर किन्ने अनी बचेको २० रुपैयाँ प्रति कित्ता नाफा कमाउने । यो समूहको काम भनेकै सेयर बजारलाई बियरिस ट्रेण्डमा लैजाने र पैसा कमाउने थियो ।

 

जब हर्षद मेहताले विभिन्न स्रोतबाट अथाहा पैसा जुटाएर बजारलाई लामो समयसम्म बुलिस ट्रेण्डमा लगे बियरिस समूहले धेरै घाटा खायो । मेहता अर्को एक हप्ता बजारमा टिकेका भए मनु मानिक, राकेश झुनझुनवाला र राधाकिशन दामिनी सडकमै आउँथे भन्ने चर्चा त्यतिबेला पनि चलेको थियो र अहिले वेभ सिरिज आएपछि पनि फेरी चलिरहेकै छ ।

 

तर, जब मेहताले बजार बुलिस बनाउनको लागि पैसा जुटाउने क्रममा प्रयोग गरेका गैरकानुनी हतकण्डाहरुको पर्दाफास भयो तब बजार ग्वारग्वार्ती झर्न थाल्यो । यहि ‘क्रयास’ नै वियरिस ग्रुपको लागि पैसा कमाउनको लागि सबैभन्दा ठूलो अवसर भइदियो । यो क्रयासमा झुनझुनवाला र दामिनीले खुब सर्ट सेलिङ गरे र अथाहा पैसा कमाए ।

 

 

यसरी अथाहा पैसा कमाएपछि भने उनीहरु ट्रेडरबाट इन्भेष्टर बने । राम्रा कम्पनी छानेर लामो समयको लागि लगानी गरे र डलर अर्बपति सम्मको आफ्नो यात्रा तय गरे । झुनझुनवालाले इन्भेष्टरको रुपमा अत्याधिक कमाएका कम्पनीहरु टाटा टि, टाइटन, लुपिन लगायत हुन् ।

 

वेभ सिरिजमा पनि यी दुई जनाको चरित्रमा अभिनय गर्नेले मेहताको ‘स्क्याम’ सार्वजनिक भएपछि अब आफुहरु अब लगानीकर्ता बनेर आरामले बस्ने बताउँछन् । झुनझुनवालाको चरित्रमा अभिनय गर्ने कलाकारले सिरिजमा पनि अबको २५–३० वर्षमा भारतीर सेन्सेक्स ३५–४० हजार पुग्ने र त्यतिबेलाको बिग बुल आफु बन्न सक्ने बताउँछन् ।

 

सिरिजमा देखाइएको ब्ल्याक कोब्राको पात्रको वरिपरी घुमिरहने एकजना मोटो मानिस र अर्को चस्मा लगाउने मानिस अरु कोहि नभएर झुनझुनवाला र दामिनिकै चरित्रको अभिनय गर्ने पात्रहरु हुन् ।

 

झुनझुनवालको चरित्रमा केभिन डेभ र दामिनीको चरित्रमा परेश गन्त्राले अभिनय गरेका छन् ।

यती एअरलाइन्सको दशैँ अफर, स्वदेशमा यात्रा गर्दा जोडीले विदेश घुम्न पाउने Read Previous

यती एअरलाइन्सको दशैँ अफर, स्वदेशमा यात्रा गर्दा जोडीले विदेश घुम्न पाउने

तातोपानी नाका खुल्यो, कन्टेनरलाई २४ घण्टा आइसोलेशनमा राखिने Read Next

तातोपानी नाका खुल्यो, कन्टेनरलाई २४ घण्टा आइसोलेशनमा राखिने