एभरेष्ट बैंकको नाफा ३ अर्ब ४ करोड, कति छ लाभांश क्षमता ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 

बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा ३ अर्ब ४ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।

 

बैंकले गत वर्ष भन्दा ४६ करोड बढी नाफा कमाएको छ । जुन अघिल्लो वर्षको  भन्दा १७.९९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा नाफा २ अर्ब ५८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

 

एभरेष्टको वितरण योग्य नाफा २ अर्ब १८ करोड ८० लाख ३६ हजार रहेको छ । जसबाट सेयरधनीलाई अधिकतम २६ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता राख्दछ ।

 

एभरेष्टले खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानी लगायत महत्वपूर्ण सूचकहरुमा पनि सुधार गरेको छ । बैंकले ब्याज आम्दानी ५ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा करिब १६ प्रतिशतले सुधार गर्दै बैंकले खुद आम्दानी ५ अर्ब ६३ करोड रुपैयाँ आर्जन गर्न सफल भएको हो ।

 

कर्जामा लिने र निक्षेपमा दिने ब्याजदर बीचको अन्तर (स्प्रेड रेट) बैंकको ४.२९ प्रतिशत देखिएको छ ।अघिल्लो आर्थिक वर्षमा ८.४५ प्रतिशत रहेको बेस रेटलाई घटाएर बैंकले गत आर्थिक वर्षमा ८.१२ प्रतिशतमा झारेको छ ।

 

बैंकले ऋण लगानी १ खर्ब ४ अर्ब रुपैयाँ पुर्याएको छ भने निक्षेप १ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ ।बैंकले प्रसिेयर आम्दानी ५.१७ रुपैयाँले बढाएर ३७.९५ रुपैयाँ पुर्याएको छ ।

 

यस्तो छ बैंकको मुख्य सूचकहरुको अवस्था :

म नै महासंघको विधान हुँ, मैले भनेपछि किन नहुने ! Read Previous

म नै महासंघको विधान हुँ, मैले भनेपछि किन नहुने !

एक वर्षमा ४ अर्बको अलैँची निर्यात Read Next

एक वर्षमा ४ अर्बको अलैँची निर्यात