म नै महासंघको विधान हुँ, मैले भनेपछि किन नहुने !

नेपाल उद्योग बाणिज्य महासंघको हिजो साउन १५ गते बसेको कार्यसमिति बैंठक बिना निर्णय सकिएको छ । बैंठकमा विशेष साधारण सभा बोलाउने र विधान संसोधन गर्ने विषयले प्राथमिकता पाएको थियो । तर, निवर्तमान अध्यक्ष पशुपति मुरारका र विधानसंसोधन समितिका संयोजक तथा पूर्वअध्यक्ष चण्डीराज ढकाल बीचको टकरावले बैठक अनिर्णित बन्न पुग्यो ।

 

कुनैपनि हालतमा विधानसंशोधन गर्ने र शेखर गोल्छालाई अध्यक्ष हुनबाट रोक्ने बाटोमा लागेका चण्डीराज ढकाल र पशुपति मुरारकाबीच विधान कार्यान्यवन गर्ने विषयमा विवाद भएको थियो । मुरारका विधान अनुसार चल्नु पर्छ भन्ने तर्क राख्थे भने ढकाल ‘म नै महासंघको विधान हुँ, मैले भनेपछि किन नहुने’ भने जसरी प्रस्तुत भएका थिए ।

 

अन्तत महासंघ अध्यक्ष भवानी राणाले महासंघको विधान पूर्णत कार्यान्यन गर्ने पक्षमा अडान लिएपछि बैंठक अनिर्णित भएको थियो । राणाको अडानसँगै चण्डी ढकाल अल्पमतमा परेका थिए ।

 

उनले विधान संसोधनको मिति घोषणा गर्न नपाएपछि संयोजक पदबाट बैंठकमा नै राजीनामा लेखेर दिएका छन् । उनको राजीनामाको विषयमा कार्यसमितिमा छलफल भने भएको छैन ।

 

महासंघ बिधानको दफा ६६ को उपदफा १(क) र १(ख) मा विधान संसोधनको प्रस्ताव साधारण सभामा पेश गर्नु अगावै कार्यकारीणी समितिबाट प्रस्तुत हुने संसोधनको प्रस्ताव रायसहित साधारण सभा सुरु हुनुभन्दा तीन महिना अगाडि सदस्यहरु बीच प्रस्तुत गर्नु पर्नेछ भनिएको छ । उपदफा १(ख) मा संसोधन प्रस्ताव ४ महिना अगावै कार्यकारीणी समितिमा छलफलमा ल्याउनु पर्ने उल्लेख छ ।

 

‘पूर्व अध्यक्ष ढकाल जसरी पनि विधान संशोधन गर्न विशेषसाधारण सभाको मिति घोषणा गर्न चाहन्थे तर, निवर्तमान अध्यक्ष मुरारकाको अडान र अध्यक्ष राणाको विधान कार्यान्वयन गराउने अडानका कारण विधान संशोधन लगभग तुहिएको छ’ महासंघका एक कार्यकारिणी सदस्यले भने ।

 

चण्डीराजको राज
नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल महासंघमा निर्विरोध अध्यक्ष भएका हुन् । दाेस्रो कार्यकालको लागि कुशकुमार जोशीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले हार  व्यहोरेका थिए ।

 

आफ्नो व्यवसाय चौपट बनाएर महासंघमा आफूलाई पूर्णकालीन सदस्यको रुपमा स्थापित गर्न सफल ढकालको सपोर्टमा सुरज वैद्य, प्रदिपजंग पाण्डे र भवानी राणा अध्यक्ष भइसकेका छन् ।

 

बिना तयारी महासंघको विधान संशोधन गर्न भन्दै विशेष साधारण सभा बोलाउने प्रस्ताव राखेर बाँकी कुरा पछि छलफल गर्दै जाउँला भने । त्यसमा उनले पशुपति मुरारको काउन्टर भेटे भने भवानीबाट विधानको सिकन्जा ।

 

महासंघ राजनीतिलाई नजिकबाट नियाल्दै र आफैँ साक्षी बस्दै आएका एक पूर्व अध्यक्ष भन्छन् ‘पुरै आफ्नो आत्मसम्मान सकेर मनलाग्दी गर्न सक्ने उनि जस्तो जब्बर मानिस मैले मेरो जीवनमा महासंघमा देखेकै थिइन ।’

 

यसमा ढकालले भुलेको कुरा के हो भने अन्य उद्योगी व्यवसायी पनि महासंघमा चण्डीराज ढकाल बराबरकै हैसियत राख्छन् तर, सामान्य विषयमा आफुलाई ढकाल जसरी गिर्न दिदैनन् भन्ने हो ।

 

आजको बैठकमा पनि उनले त्यही गरे बिना तयारी महासंघको विधान संशोधन गर्न भन्दै विशेष साधारण सभा बोलाउने प्रस्ताव राखेर बाँकी कुरा पछि छलफल गर्दै जाउँला भने । त्यसमा उनले पशुपति मुरारको काउन्टर भेटे भने भवानीबाट विधानको सिकन्जा । जसका कारण उनी बैठकमा लज्जीत भए र अपमानित महशुस गर्दै बम्किए ।

 

उनले विधान संसोधनको मिति घोषणा गर्न नपाएपछि संयोजक पदबाट बैंठकमा नै राजीनामा लेखेर दिएका छन् । उनको राजीनामाको विषयमा कार्यसमितिमा छलफल भने भएको छैन । ढकाललाई नजिकबाट चिन्नेहरु भन्छन् ‘हठी स्वभावका उनले राजीनामा दिइसकेका कारण त्यसलाई फिर्ता लिने छैनन् ।’

 

भवानीको आफ्नै स्वार्थ
नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोन गरेर सहज बाटोबाट अध्यक्ष बनेकी राणा आफु कसैको कृपाले अध्यक्ष नभएको पुष्टि गर्ने बाटोमा अग्रसर छिन् । त्यही कारण आज पशुपति मुरारकाले आफ्नो भनाई राखेपछि उनले विधान कार्यान्वयनलाई जोड दिइन् ।

 

यही कार्यकालमा विधान संसोधन गरेर शेखर गोल्छालाई अध्यक्ष बन्न रोक्ने खेल सुरु भएसँगै कुनै किसिमको जोखिम मोल्न तयार नदेखिएकी राणाले विधान कार्यान्वयमा जोड दिदै चण्डीराज ढकालको रबैयाको कडा प्रतिवाद गरेकी थिइन् ।

 

‘महासंघको विधान रक्षा गर्ने पहिलो जिम्मेवारी अध्यक्षको हो, उहाँले त्यसमा आफुलाई बलियो रुपमा प्रस्तुत गर्नु भयो’ महासंघका एक कार्यकारिणी सदस्यले भने ।

 

यसले महासंघमा ढकाललाई गर वा मरको अवस्थामा पुर्याएको छ । तर, पनि उनले गर्नसक्ने ठाँउ निकै कम मात्र बाँकी रहेको ति सदस्यले बताए ।

 

अन्त्यमा, महासंघ कुनै व्यक्ति वा समूहको पेवा होइन । यो सम्पूर्ण व्यवसायीक बृतको धरोहर हो । यहाँ हरेकले आफ्नो विवेक प्रयोग गर्न सक्छन् तर आफ्नो चेतना स्तरनै बन्दकी राखेर अगाडि बढ्न सक्दैनन् । हो, आज त्यहि स्थानमा महासंघका विशिष्ठ व्यक्तित्व आईपुगेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा कार्तिक अन्तिम साता Read Previous

नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा कार्तिक अन्तिम साता

एभरेष्ट बैंकको नाफा ३ अर्ब ४ करोड, कति छ लाभांश क्षमता ? Read Next

एभरेष्ट बैंकको नाफा ३ अर्ब ४ करोड, कति छ लाभांश क्षमता ?