काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा आगामी कार्तिक अन्तिम साता हुने भएको छ । आज बसेको महासंघ कार्यकारीणी समितिको बैंठकले साधारण सभाको मिति तय गरेको हो ।
लामो समय महासंघको विधान संशोधनको विषयलाई लिएर बिभिन्न अड्कल काटिदै आएको थियो ।
महासंघले विधान संशोधन कमिटिको प्रमुखमा पूर्व अध्यक्ष तथा विशिष्ठ सदस्य चण्डीराज ढकाललाई नियूक्त गरेसँगै बिभिन्न अड्कलवाजी सुरु भएको थियो ।
अब अगामी साधारण सभाले विशेषत अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने वा नगर्ने, जिल्ला/नगरको उपाध्यक्ष दुईजना बनाउने वा नबनाउने र कार्यकाल २ वर्षमा झार्ने जस्ता विषयमा निर्णय दिने बताइएको छ ।
अहिलेको विधान अनुसार निवर्तमान उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्था रहेको छ भने जिल्ला/नगरमा एक उपाध्यक्ष र कार्यकाल ३ वर्षको रहेको छ ।