एक वर्षमा ४ अर्बको अलैँची निर्यात

भद्रपुर । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँची निर्यातबाट मुलुकले एक वर्षमा चार अर्ब बराबरको विदेशी मुद्रा आर्जन गरेको जनाएको छ।

 

आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७०० मेट्रिक टन अलैँची नेपालबाट निर्यात भएको र त्यसबाट चार अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा आएको महासङ्घका अध्यक्ष राजु कार्कीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए।

 

अधिकांश अलैँची नेपालको पूर्वी पहाडमा उत्पादन हुन्छ र काँकडभिट्टा, विराटनगरलगायत देशभरका नाकाबाट भारत तथा तेस्रोमुलुक निर्यात हुने गरेको छ। प्रति मन (४० केजी)को हाल बजार मूल्य २८ हजार रुपैयाँ रहेको महासङ्घका महासचिव सुभाष भट्टराई बताउँछन्। केही वर्षयता अलैँचीको भाउमा लगातार गिरावट आइरहेको छ।

 

९५ प्रतिशतभन्दा बढी नेपाली अलैँची भारत निर्यात हुने गरेको र भारतले अन्य कृषि वस्तुमा ‘जिएसटी’ छुट गरे तापनि नेपाली अलैंचीमा कर असुल्ने कार्य गरिरहेको महासचिव भट्टराई बताउँछन्।रासस

एभरेष्ट बैंकको नाफा ३ अर्ब ४ करोड, कति छ लाभांश क्षमता ? Read Previous

एभरेष्ट बैंकको नाफा ३ अर्ब ४ करोड, कति छ लाभांश क्षमता ?

मोबाइलको आयात ३२ प्रतिशतले घट्यो, एक वर्षमा कति थान मोबाइल भित्रिय ? Read Next

मोबाइलको आयात ३२ प्रतिशतले घट्यो, एक वर्षमा कति थान मोबाइल भित्रिय ?