मोबाइलको आयात ३२ प्रतिशतले घट्यो, एक वर्षमा कति थान मोबाइल भित्रिय ?

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६मा मोबाइलको आयात ३२ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष ४२ लाख ७५ हजार ५१८ थान मोबाइल सेट आयात गरिएको छ ।

 

अघिल्लो वर्षको तुलनामा यो २० लाख भन्दा बढी थान आयात कम भएको हो । आर्थिक् वर्ष २०७४/०७५मा ६२ लाख २३ हजार ६६५ थान मोबाइल आयात गरिएको थियो ।

 

गत वर्ष संख्यामा मात्र होईन मूल्यका आधारमा पनि कम मोबाइल आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार गएको गत वर्ष १९ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ५ अर्ब रुपैयाँले कमी हो । अघिल्लो वर्ष २४ अर्ब रुपैयाँ बराबरका मोबाइल नेपाल भित्रिएका थिए।

 

मोबाइलको संख्यामै २० लाख र मूल्यमै पनि ५ अर्ब कमी आएपनि सरकारले पाउने राजस्व भने अघिल्लो वर्षको तुलनामा बढेको छ।अघिल्लो वर्ष ३ अर्ब ३८ करोड राजस्व उठाएको सरकारले गएको वर्ष मोबाइलकोमात्र ३ अर्ब ५२ करोड राजस्व उठाएको छ।

 

मोबाइलमा दिंदै आएको करछुट रोकिदिएका कारण यस्तो राजस्व बढेको हुनसक्ने कतिपयको अनुमान छ।

एक वर्षमा ४ अर्बको अलैँची निर्यात Read Previous

एक वर्षमा ४ अर्बको अलैँची निर्यात

पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक टिमुर खेती शुरु Read Next

पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक टिमुर खेती शुरु