दशैंको मौकाछोपी उपभोक्ताको ढाड सेक्दै व्यापारी, खाद्यान्नको मनलाग्दी मूल्य वृद्धि

काठमाडौं । दशैंको मौका छोपी व्यापारीहरुले खाद्य वस्तुको मनलाग्दी भाउ बढाएका छन् । दशैंमा बजारमा खाद्य सामग्रीको खपत धेरै हुने, सरकारी अनुगमन पनि फितलो हुने मौका छोपी व्यापारीहरुले आफूखुसी उपभोग्य वस्तुको भाउ बढाएको पाइएको हो ।

 

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रत्येक १५ दिनमा बजार अनुगमन गरी खाद्यान्नको मूल्य सूची लिने गरेको थियो । तर जनशक्ति अभाव देखाउँदै भदौ यता बजारबाट मूल्य सूची लिएको छैन । सरकारी टोली मूल्यसूची अनुगमन गर्न नआएपछि व्यापारीहरुले आफूखुसी भाउ बढाएर उपभोग्य वस्तु बेच्न थालेका हुन् ।

 

विभागका तथ्यांक अधिकृत शंकर ठाकुर कोरोनाका कारण जनशक्ति कम भएपछि मूल्य सूची तर्फ अनुगमन नगरिएको बताउँछन् । उनले खाद्यान्नको अस्वभाविक मूल्यवृद्धि नभए पछिल्लो समय बजारमा खाद्यको मूल्य केही बढेको स्वीकारे । ‘हामीले भदौँमा मूल्य सूची मागेका थियौँ । त्यसपछि यताँ कोरोनाका कारण कर्मचारी भएनन् म एकलैले कहाँ कहाँ धाउने,’ ठाकुरले चाणक्य पोष्टसँग भने ।

 

व्यापारीहरुले आफूखुसी, दाल, चामल, तेल, चिनी लगायत उपभोग्य वस्तुको भाउ बढाएको पाइएको छ । व्यापारीहरुले सरकारले तोको मूल्यभन्दा प्रतिकेजी २ रुपैयाँदेखि २० रुपैयाँसम्म भाउ बढाएका छन् ।

 

त्यस्तै, जनरल सोना मन्सुली चामलको मूल्य भदौसम्म प्रतिकेजी ५० रुपैयाँ रहेको थियो । असोज कटेसँगै चामलको मूल्य वृद्धि भएको छ । सोना मन्सुली चाम हाल बजारमा ५२ रुपैयाँदेखि ५५ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ । स्टीम जिरा मसिनो चामल भदौमा ६५ रुपैयाँ प्रतिकेजी रहेको थियो । कात्तिक यता जिरा मसिनो चामलको मूल्य बढेर ७५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

 

जनरल जिरा मसिनो चालम भदौमा ६४ रुपैयाँ प्रतिकेजी रहेको थियो । हाल बढेर ६६ रुपैयाँ प्रतिकेजी देखि १४५ रुपैयाँ प्रतिकेजीसम्ममा विक्री भइरहेको छ । बास्मती चामल भदौ महिनासम्मा १२२ प्रतिकेजी विक्री भइरहेको थियो । हाल सोको मूल्य बढेर १५५ रुपैयाँ प्रतिकेजी पुगेको छ । बास्मति चामल बजारमा १४९ रुपैयाँदेखि १५५ रुपैयाँसम्ममा विक्री भइरहेको हो ।

 

आटा ५९ प्रतिकेजी प्रतिकेजी ६४ रुपैयाँदेखि ९५ रुपैयाँ प्रतिकेजीसम्म रहेको छ । मैदा ५७ प्रतिकेजीबाट बढेर ७६ रुपैयाँदेखि ७९ रुपैयाँ प्रतिकेजी पुगेको छ । सूजी ८२ प्रतिकेजी, हाल प्रतिकेजी ८४ रुपैयाँदेखि ९४ रुपैयाँ प्रतिकेजी विक्री भइरहेको छ ।

 

भदौमा चिउरा ताइचिन प्रतिकेजी ११८ रुपैयाँ थियो । हाल बढेर १३५ रुपैयाँ पुगेको छ । मसिनो मसुरो दालको मूल्य कामै रहेको छ । हाल मसिनो मसुरोको दालको मूल्य प्रतिकेजी १४४ रुपैयाँ कायम रहेको छ।  भदौसम्म मसुरो ठूलो दाल १२१ रुपैयाँ प्रतिकेजी रहेको छ । कात्तिकसम्ममा मसुरोको दाल १७३ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

 

भदौमा प्रतिकेजी १४७ रुपैयाँ प्रतिकेजी रहेको मासको दाल कात्तिकसम्म आइपुग्दा १७३ रुपैयाँ देखि १९९ रुपैयाँ प्रतिकेजी रहेको छ ।
रहर ननपोलिस दाल भदौसम्म प्रतिकेजी १५४ रुपैयाँ रहेको थियो हाल १४९ रुपैयाँमा झरेको छ ।मुंगी खोस्टा नभएको १७२ रहेकोमा १९३ रुपैयाँ प्रतिकेजी पुगेको छ । चना ठूलो १०७ रुपैयाँबाट बढेर १४० रुपैयाँ पुगेको छ । सेतो केराउ प्रतिकेजी ७८ रुपैयाँबाट बढेर ९५ रुपैयाँ पुगेको छ । बोडी १२६ प्रतिकेजीबाट बढेर १३५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।

 

राजमा केजी १६३ रुपैयाँबाट बढेर २२० रुपैयाँ प्रतिकेजी पुगेको छ । कावुली चना केजी १३६ रुपैयाँ कायम रहेको छ । हरियो केराउ १०६ केजी रहेकोमा हाल १४५ रुपैयाँ पुगेको छ । भदौ यता चिनीको मूल्यमा भने अन्तर आएको छैन । चिनकिो मूल्य ८५ प्रतिकेजीमा कायम रहेको हो ।
तोरीको तेल भदौ महिनामा प्रतिलिटर १७७ रुपैयाँ रहेको छ । हाल बजारमा तोरीको तेल २५६ रुपैयाँ प्रतिलिटरदेखि ३३० रुपैयाँ सम्म रहेको छ ।

 

सन्फ्लावर तेल भदौसम्ममा १६२ रुपैयाँ प्रतिलिटर रहेको छ । कात्तिकसम्म आइपुग्दा सन्फ्लावर तेल प्रतिलिटर १६५ रुपैयाँदेखि १७५ रुपैयाँसम्म पुगेको छ । गत वर्ष यही समयमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १५० देखि १५५ रुपैयाँ प्रतिलिटर रहेको थियो ।भटमासको तेल भदौसम्म प्रतिलिटर १५२ रुपैयाँ रहेको थियो । हाल प्रतिलिटर १५५ प्रतिलिटरदेखि १६६ रुपैयाँ पुगेको छ । विगतको वर्ष असोजमा मा भटमासको तेल १४५ रुपैयाँ प्रतिलिटर रहेको थियो ।

हर्षद मेहताको ४ हजार करोडको ठगी, जसले भारतीय सेयर बजार सुधार्न बाध्य बनायो Read Previous

हर्षद मेहताको ४ हजार करोडको ठगी, जसले भारतीय सेयर बजार सुधार्न बाध्य बनायो

कोरोनाका बाबजूद सिटिजन्स बैंकको नाफामा छलाङ, यस्तो छ वित्तीय अवस्था Read Next

कोरोनाका बाबजूद सिटिजन्स बैंकको नाफामा छलाङ, यस्तो छ वित्तीय अवस्था