हर्षद मेहताको ४ हजार करोडको ठगी, जसले भारतीय सेयर बजार सुधार्न बाध्य बनायो

हर्षद मेहता अहिले फेरि चर्चामा छन् । उनमा आधारित भएर हालै एउटा नयाँ वेभ सिरिज रिलिज भएपछि फेरि उनको चर्चा चुलिएको छ ।

 

सेयर बजारका लगानीकर्ता, वित्तीय क्षेत्रका मानिसहरू लगायतका स्मृतिबाट विस्तारै हराउँदै गइसकेका मेहता अहिले फेरि यी मानिसहरूको स्मृतिमा डुबुल्की मार्न आइपुगेका छन्, करिब ३ दशकपछि ।

 

उनी संलग्न भएको चर्चित १९९२ ‘स्क्याम’ (ठगी) का कारण भारतीय सेयर बजारमा धेरै सुधार आयो र त्यहाँको वित्तीय व्यवस्थामा विद्यमान धेरै कमी-कमजोरीहरू उजागर भयो ।

 

भारतीय सिनेमा र वेभ सिरिजहरू नेपालमा पनि चर्चित छन् । त्यसैकारण अहिले नेपालका सेयर बजारका लगानीकर्ताहरू माझ पनि चर्चाको विषय बनेका छन् ।

 

मेहता गुजरातको सामान्य निम्न मध्यम परिवारमा जन्मेका मानिस थिए, जसले जीविका चलाउन मुम्बई (त्यतिबेलाको बम्बई) आएर सानोतिनो काम गरे । र, अन्ततः हन्डर ठक्कर खाँदै सेयर बजार पसेका उनी करिब एक दशककै समयमा भारतीय सेयर बजारका बादशाह बने ।

 

त्यसपछि उनी जसरी उदाय, त्यसैगरी अस्ताए । र, उनको उदय र पतनले भारतीय सेयर बजार र वित्तीय व्यवस्थामा धेरै संरचनागत परिर्वतनहरू ल्यायो । जब हर्सद मेहता सेयर बजारमा थिए, उनले मानिसहरूको सेयर बजार प्रतिको धारणामा नै धेरै परिर्वतन ल्यायो । सेयर ब्रोकरको कारोबार गर्ने प्रक्रियामा पनि धेरै परिर्वतन आयो, मेहताका कारण ।

 

उनी संलग्न भएको चर्चित १९९२ ‘स्क्याम’ (ठगी) का कारण भारतीय सेयर बजारमा धेरै सुधार आयो र त्यहाँको वित्तीय व्यवस्थामा विद्यमान धेरै कमी-कमजोरीहरू उजागर भयो ।

 

मेहता भारतीय सेयर बजारमा ‘बिग बुल’को कारणले चर्चित थिए । उनलाई सेयर बजारको अमिताभ बच्चनको रुपले पनि चिनिन्थ्यो । उनले जाली बैंक भौचर (रिसिप्टस) को प्रयोग गरेर विभिन्न बैंकहरू बाट धेरै पैसा निकाले र सेयरका मूल्यहरू आफू अनुकुल ‘म्यानुपुलेट’ गरे । उनले ठूला बैंकहरू एसबीआइ र नेशनल हाउजिङ बैंकलाई संलग्न गराएर जाली चक्र बनाए र सेयर कारोबार गरे ।

 

उनका यस्ता जाली कारोबार कुल ४ हजार करोड भारु बराबरको गरेको अनुमान गरिएको थियो । त्यसपछि सन् १९९५ नयाँ सेक्युरिटज सम्बन्धी कानुन बनाइएको थियो । र, सेक्युरिटिज एण्ड एक्सचेन्ज बोर्ड अफ एन्डिया (सेबी)को क्षेत्राधिकार पनि बढाइयो । यसले सेबीलाई भेन्चर क्यापिटल फण्ड, क्रेडिट रेटिङ एजेन्सी लगायतको नियमन गर्ने अधिकार दिएको थियो । यसले भारतीय सेयर बजारलाई विभिन्न ५ ढंगले परिर्वतन गराइदिएको थियो ।

 

त्यो समय भारतमा ब्रोकरहरूको सेटलमेन्टको समय १४ दिनको थियो । अहिले त्यसलाई २ दिनमा झारिएको छ । अब त्यसलाई फेरि १ दिनमा झार्ने बारे पनि छलफल भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

सन् १९९२ मा सेयर किन्नको लागि न्यूनतम रकम सम्बन्धी व्यवस्था थिएन । अहिले सेयर खरिदको लागि न्यूनतम रकम नभइ भारतमा सेयर कारोबार गर्न मिल्दैन । साथै, डिम्याट खातामा सेयर नभइ विक्री गर्न पनि मिल्दैन ।

 

सन् १९९२ ताका सबै कारोबारहरू डिलरको माध्यमबाट गरिन्थ्यो, जसका कारण ठूलो ‘एक्जीक्युशन’ जोखिम थियो । अहिले सबै कारोबारको ‘एक्जीक्युशन’ ग्राहक आफैंले गर्दछन् ।

 

सन् १९९२ भन्दा अघि कारोबारको सेटलमेन्टको प्रक्रिया कागजी हुन्थ्यो भने अहिले इलेक्ट्रोनिक भएको छ । यसैगरी त्यो समय ब्रोकर चार्ज १ प्रतिशत थियो भने अहिले त्यस्तो चार्ज लाग्दैन ।

५ दिन सबै बीमा कम्पनी बन्द हुने, प्रिमियम दशैंपछि भुक्तानी गर्दा हर्जना नलाग्ने Read Previous

५ दिन सबै बीमा कम्पनी बन्द हुने, प्रिमियम दशैंपछि भुक्तानी गर्दा हर्जना नलाग्ने

दशैंको मौकाछोपी उपभोक्ताको ढाड सेक्दै व्यापारी, खाद्यान्नको मनलाग्दी मूल्य वृद्धि Read Next

दशैंको मौकाछोपी उपभोक्ताको ढाड सेक्दै व्यापारी, खाद्यान्नको मनलाग्दी मूल्य वृद्धि