५ दिन सबै बीमा कम्पनी बन्द हुने, प्रिमियम दशैंपछि भुक्तानी गर्दा हर्जना नलाग्ने

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको बिदा अवधिभर सबै बीमा कम्पनीहरु बन्द हुने भएका छन् ।

 

सरकार निर्णय अनुसार कार्तिक ७ गतेदेखि ११ गतेसम्म दशैं बिदा भएकोले यस अवधिमा बीमा कम्पनी बन्द हुने भएका हुन् ।

 

विगतका वर्षहरुमा दशैं बिदामा आंशिक रुपमा काम गर्ने गरेका बीमा कम्पनीहरुले यस पटक पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

 

दशैंको बिदामा २० वटा निर्जीवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी, एउटा नेपाल पुनर्बीमा कम्पनी समेत गरी ४० वटा बीमा कम्पनीहरु बन्द रहनेछन् ।

 

बैंक तथा वित्तीय संस्थाहरु समेत पूर्ण रुपमा बन्द हुने हुँदा बीमा कम्पनीहरुले पनि यस पटक पूर्ण रुपमा बन्द हुने भएको नेपाल बीमक संघले जनाएको हो ।

 

यद्यपि कुनै घट्ना भएमा बीमा सम्बन्धी कार्य भने सुचारु हुनेछ । दशैंको समयमा बीमा शुल्क भुक्तानी गर्नुपर्ने बीमितले दशैंपछि कार्यालय खुलेको दिन भुक्तानी गर्दा समेत जरिवना नलाग्ने जनाएइको छ ।

नापतौल गुणस्तर मापदण्ड पूरा नगर्ने ८५ उद्योगलाई कारबाही Read Previous

नापतौल गुणस्तर मापदण्ड पूरा नगर्ने ८५ उद्योगलाई कारबाही

हर्षद मेहताको ४ हजार करोडको ठगी, जसले भारतीय सेयर बजार सुधार्न बाध्य बनायो Read Next

हर्षद मेहताको ४ हजार करोडको ठगी, जसले भारतीय सेयर बजार सुधार्न बाध्य बनायो