कोरोना महामारीका बीच रेमिट्यान्समा उल्लेख्य वृद्धि, दुई महिनामै भित्रियो १ खर्ब ६५ अर्ब

काठमाडौं । कोरोना महामारीका बीच पनि विप्रेषण (रेमिट्यान्स) आप्रवाह उल्लेख्य रुपमा बढेको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो दुई महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशतले बढेको छ ।

 

चालू आर्थिक वर्षको दुई महिनामा १ अर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेकोे थियो ।

 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ ।

 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

 

समीक्षा अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई १८३ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो ।

कुमारी बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश, बोनस र नगद कति Read Previous

कुमारी बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश, बोनस र नगद कति

नेपाल ल्युब आयलको १० प्रतिशत लाभांश पारित Read Next

नेपाल ल्युब आयलको १० प्रतिशत लाभांश पारित