नेपाल ल्युब आयलको १० प्रतिशत लाभांश पारित

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सेयरधनीलाई वितरण गर्ने १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

 

कोरोना जोखिमलाई मध्येनजर गर्दै कम्पनीले अध्यक्षसहितको उपस्थिति र भर्चुअल माध्यम जुमबाट सेयरधनीलाई सहभागी गराउँदै साधरण सभा सम्पन्न गरेको हो ।

 

कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौती रहेको यस विषम परिस्थितिमा कामदार, कमर्चारी एवम् कम्पनीसँग आबद्ध सबैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा सेयरहोल्डरको समेत कोभिड बीमा गर्ने घोषणा गरे ।

 

त्यस्तै प्रस्तावित पूँजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीको निमित्त उपयुक्त हुनेछ भन्ने अध्ययन गरेर पछि निर्णय गर्ने र सेयर धनीहरुले उठाएको माग बमोजिम एउटा कोष गठन गरी सो कोषबाट कम्पनीका कामदार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्स र उपभोक्तालाई वार्षिक रुपमा पुरस्कृत गर्न तयार रहेको जानकारी गराए ।

 

त्यस्तै उच्चस्तरिय गुणस्तरको लुब्रिकेन्टस् उत्पादन, छिटो छरितो शेवा, लाइभ अपडेटिङ रिपोर्ट र उत्पादकत्वमा वृद्धि पुर्याउने अन्य विभिन्न योजनाहरु समेत प्रस्तुत गरेका थिए ।

 

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै विक्रीरवितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो ।

कोरोना महामारीका बीच रेमिट्यान्समा उल्लेख्य वृद्धि, दुई महिनामै भित्रियो १ खर्ब ६५ अर्ब Read Previous

कोरोना महामारीका बीच रेमिट्यान्समा उल्लेख्य वृद्धि, दुई महिनामै भित्रियो १ खर्ब ६५ अर्ब

बजारमा दशैंको चहलपहल, व्यापारी भन्छन्- हिँड्ने बढे, किन्ने बढेनन् Read Next

बजारमा दशैंको चहलपहल, व्यापारी भन्छन्- हिँड्ने बढे, किन्ने बढेनन्