कुमारी बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश, बोनस र नगद कति

काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

 

यो अघिल्लो आर्थिक वर्ष २०७५/७६को भन्दा ३.४७ प्रतिशत बढी हो । बैंकले अघिल्लो आवमा १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो ।

 

बैंकले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता Read Previous

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

कोरोना महामारीका बीच रेमिट्यान्समा उल्लेख्य वृद्धि, दुई महिनामै भित्रियो १ खर्ब ६५ अर्ब Read Next

कोरोना महामारीका बीच रेमिट्यान्समा उल्लेख्य वृद्धि, दुई महिनामै भित्रियो १ खर्ब ६५ अर्ब