उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी दर्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

 

वर्तमान उपाध्यक्षसमेत रहेका ढकालले बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा उम्मेदवारी दर्ता गराएका हुन् । साथै ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला-नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गराएका छन्।

 

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।  यसअघि चैत र साउनमा गरी दुईपटक निर्वाचनको मिति तोकिए पनि कोरोनाका कारण निर्वाचन स्थगित भएको थियो ।

 

यसअघि नै ढकालको प्रतिष्पर्धीका रूपमा अर्का उपाध्यक्ष किशोर प्रधानले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

 

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधान अनुसार आगामी कार्यकालका लागि शेखर गोल्छा अध्यक्ष हुने निश्चित छ ।

 

कोरोनाका बीच नेपालमा उद्योग खोल्न विदेशी लगानीकर्ता आकर्षित, १९ अर्ब लगानीको प्रस्ताव Read Previous

कोरोनाका बीच नेपालमा उद्योग खोल्न विदेशी लगानीकर्ता आकर्षित, १९ अर्ब लगानीको प्रस्ताव

कुमारी बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश, बोनस र नगद कति Read Next

कुमारी बैंकले घोषणा गर्‍यो अघिल्लो वर्षकोभन्दा धेरै लाभांश, बोनस र नगद कति