काठमाडौं । डिशहोमले काठमाडौंका चार स्थानमा तीव्र गतिको फाइबर नेट इन्टरनेट सेवा विस्तार गरेको छ ।
डिशहोमले काठमाडौंका जडीबुटी, पेप्सीकोला, काँडाघारी र बागडोलमा फाइबरनेट सेवा विस्तार गरेको हो ।
डिशहोमले यही वर्षको फेब्रुअरीदेखि फाइबरनेट इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले यसअघि काठमाडौंका भैँसेपाटी, बुङमती, छम्पी, चाबहिल, कपन र जोरपाटीमा फाइबर नेट सेवा उपलब्ध गराउँदै आएको छ ।
डिशहोमले आगामी दिनमा काठमाडौं उपत्यकाको रिङरोड बाहिरका स्थानमा फाइबरनेट सेवा विस्तार गर्ने योजना रहेको छ ।
सन् २००९ मा स्थपना भएको डिशहोमले डीटीएच टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ ।