दशैंमा ५ दिन बैंकका सबै शाखा बन्द हुने

काठमाडौ। यस वर्ष दशैंमा ५ दिन बैंकका सबै शाखा बन्द हुने भएका छन् । विगतका वर्षहरुमा बैंकहरुले आशिंक शाखा खोली  ३६५ दिनै सेवा दिने गरेका भएपनि यस वर्ष बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै सम्पूर्ण शाखा बन्द गर्ने भएका हुन् ।

 

नेपाल बैंकर्स संघका अनुसार कात्तिक ७ गते फुलपातिदेखि कात्तिक ११ गते (टिकाको भोलिपल्ट) सम्म बैंकका सबै शाखाहरु बन्द हुने छन्।

 

बैंकका शाखाबाट हुने सेवा बन्द भए पनि डिजिटल बैंकिङ सेवा र एटीएम सेवा भने निरन्तर सञ्चालन हुने छन् ।

 

अहिले वाणिज्य बैंकहरुका मात्रै साढे ३ हजारभन्दा बढी कर्मचारी कोरोना कर्मचारी संक्रमित छन्। संघले कोरोना संक्रमणबाट जोगिन सर्वसाधारणलाई डिजिटल बैंकिङको प्रयोग गर्न पनि आग्रह गरेको छ ।

बजारमा खसीबोकाको माग बढ्दो, खाद्य कम्पनीले ल्याएका खसीबोका एकै दिनमा बिके Read Previous

बजारमा खसीबोकाको माग बढ्दो, खाद्य कम्पनीले ल्याएका खसीबोका एकै दिनमा बिके

गुराँस लाइफले बोलायो साधारण सभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश Read Next

गुराँस लाइफले बोलायो साधारण सभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् लाभांश