काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले १० औं वार्षिक साधरण सभा बोलाएको छ । इन्स्योरेन्सको साधरण सभा मंसिर ४ गते कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तीनकुने, काठमाडौंमा हुनेछ ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट घोषणा गरेको ५.२५ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । साथै कम्पनीले सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना र सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने १ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
इन्स्योरेन्सले कात्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुकक्लोज मिति तोकेको छ । यस अनुसार कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र लाभांश पाउन र साधारण सभामा सहभागिता हुन पाउनेछन् ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने बोनस वितरणपछि १ अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ।